तराई मधेसमा शीतलहरबाट बच्ने मुख्य माध्यम घुर

   
42   पटक पढिएको

राम मण्डल पुस २४ बीरगञ्ज


बारा पर्सा रौतहट लगायत तराई मधेसमा पछिल्लो समयमा निरन्तर चिसो बढदै गएपछि दैनिक ज्यालादारी गरि पेट पाल्ने मजदुर,रिक्सा ठेला चालकहरु,गरिब दलित  विपन्न परिवारका लागि बाक्लो हुस्सुसँगै शीतलहरबाट बच्ने मुख्य माध्यम घुर बनेको छ ।


दलित समुदायका ब्यक्तिहरु,आर्थिक अवस्था कमजोर भउका परिवार ले घुरको सहाराले शीतलहर र चिसोबाट बच्न दिन भरि घुर तापेर बस्नुपर्ने बाध्यता रहेको छ । । बाढीले घर सहित घरमा भएका लत्ताकपडा बगाएर लगेका विरगञ्ज महानगरपालिका ३० लालपर्साका  

जदु चमारका परिवारलाई चिसोबाट जोगिन निकै समस्या परेको छ । चमारले भने, ‘राम्रोसित घाम लागेको हप्ता दिन भन्दा बढी  भईसक्यो चिसोबाट ज्यान जोगाउनै कठिन भएको छ । वृद्धवृद्धा र केटाकेटीलाई त झनै समस्या भएको छ ।’ अहिले बिहानदेखि बेलुकासम्म घुर तापेरैै शीतलहरबाट जोगिने गरेको उनले बताए ।

बाढीले लुगाफाटा बगाएका अनि घरमा केही नहुनेको दैनिकी निकै कष्टकर बनेको छ । घुर बाल्न दाउरासमेत नभएकाले विपन्नले कचरा, प्लास्टिकमा आगो बालेर ताप्ने गरेका छन् ।

केही दिनयता चिसो हावा चल्नुका साथै कुहिरो लाग्दै आएकाले गरिब,दलित विपन्न समुदायका मानिसहरुले सामूहिक रूपमा घुर ताप्ने गरेका छन् ।अहिले हरैक चोक चौराहामा सामुहिक रुपमा बसेर घुर ताप्ने गरेको दृश्य तराई मधेसमा सजिलै देख्न पाईन्छ ।

लालपर्साकै का ५० वर्षीय कन्हेया धानुकले ले न्यानो कपडा नहुँदा घुरको आगो तापेर ज्यान जोगाएको बताए । आर्थिक रुपमा बिपन्न भएकोले, ‘घुरका लागि दाउरा समेत किन्न सक्ने अवस्था छैन । फोहोरमा भएका प्लास्टिक तथा कपडाहरु ल्याएर सामूहिक रूपमा घुर ताप्ने गरेका छौं ।’

स्थानीय नुर आलमले लुगा नभएकाले आफूहरूको बिजोग भएको सुनाए । सोही ठाउमा कपडा सिउने टेलर चलाउदै आएका अब्दुल लैशले बढदो चिसोका कारण ब्यापारमा पनि कमी आएको दुखेसो पोखे ।चिसोमा कपडा सिलाउन ग्राहकहरु धेरै कम मात्रामा आउछन लैशले भने सबैजना चिसोमा मोटो मोटो न्यानो कपडामात्र किन्ने गरका छन ।

जयनारायण पासवानले  पनि आफ्नो झुपडीमा पराल बिछ्याएर आफु र आफनो परिवारका सात जना सदस्यहरु शीतलहरबाट जोगिने गरेका छन् । विपन्न गरिब दलितलाईलाई यति बेला निकै समसया परेका पसावानले बताउनु भयो ।जनता आवास कार्यक्रम अन्र्तगत घर पनि बन्ने क्रममा छ  उनले भने,बाढी र बर्षबाट झुपडिमै ज्यान जोगाएर जसोतसो बचियो ‘तर यो जाडो त कालजस्तै बनेर आउको जस्तो लागछ । ।’

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।