वीरगंज बजारमा न्यानो कपडाको व्यापारमा वृद्धि

   
89   पटक पढिएको

 तस्बिरःराम मण्डल

बिमला गुप्ता पुस २४ बीरगञ्ज                                                                                                       

वीरगन्ज सहित देशभर चिसो बढेको छ । बढ्दो जाडोबाट बच्न औद्योगिक नगरी वीरगन्ज, बजारमा अहिले न्यानो लुगा किन्ने ग्राहकहरुकोे भीडभाड पनि बढ्दै गएको छ । कपडा व्यापारीकाअनुसार मौषम परिवर्तनसँगै न्यानो कपडाको मागअहिले बजारमा बढेको छ । सडकको छेउमा राखिएका कपडा पसलदेखि ठूल्ठूला कपडा पसलमाहरुमा स्वेटर, ज्याकेट, सल, ऊलेन कुर्ता तथा बालबालिकाको न्यानो लुगा किनमेल गर्नेहरुकोे आजभोलि चहलपहल बढेको देखिन्छ ।

विशेषगरी सस्तोमा कपडा पाईने भएकोले खुद्रातथा फुटपाथमा राखिएका कपडा पसल गरिब तथा विपन्नवर्गका लागि किनमेल गर्ने प्रमुख थलो बनेको छ । चिसो बढेपछि वीरगज बजारमा न्यानो कपडाको व्यापार पनि बढ्न थालेको छ । कपडा पसलमा पुगेका ग्राहकहरु प्रायजसो जाडो मौसममा लगाउने न्यानो कपडाको माग गर्ने गर्दछन् । यस वर्षको जाडो बिस्तारै बढ्न थालेपछि न्यानो कपडाको ब्यापार बढेको व्यापारीहरुको भनाई छ । व्यापारीहरुका अनुसार जाडोको लागि आबश्यक ज्याकेट र स्वीटरको मूल्यपनि अघिल्लो बर्षको तुलनामा यस बर्ष बढेको छ ।  


कपडा किन्ने ग्राहकको चाप बढेसँगै विभिन्न डिजाइनका न्यानो लुगा विक्री गर्ने व्यापारीबीच होड नै चलेको देखिएको छ । ग्राहकहरु पनि रेडिमेड कपडा नै किन्न बढी रुचाउने गरेका छन् । कपडा किनेर सिलाउनु भन्दा तयारी कपडा नै लिन फाईदा हुने भएकोले रेडिमेड ऊलेन कपडा नै लिने गरेको आदर्शननगरकी प्रिती गुप्ताले भन्नुहन्छ “रेडिमेड लिएभने सिलाउने झन्झट हुदैन आज किन्यो भोलि लगाउन मिल्छ न्यानो पनि हुन्छ  सस्तो हुन्छ साथै आफ्नो फिटिगं अनुसार लागाउ मिल्छ” ।

धेरै गरिब तथा विपन्न वर्गको कपडा किन्ने ठाउँ सस्तो बजार नै भएकोले फुटपाथमा राखिने सस्तो बजारमा नै आउने गर्छन् । अत्यधिक चिसोका कारण गरिब विपन्न वर्गहरु पनि कपडा किन्न आउने गरेको २० बर्षदेखि रेडिमेड कपडाको व्यापार गर्दै आउनुभएका अजय कुमार साह बताउनुहुन्छ ।

गाउँघरका गरिब किसानहरुले आफुले उत्पादन गरेको धान, तरकारी बजारमा बिक्रि गरेर तथा ज्यालादारी  गरेर परिवारका लागि न्यानो कपडाहरु लिने गरेका छन् । मुख्य बजारको सटर पसलहरुमा पाईने कपडा भन्दा फुटपाथमा पाईने कपडाहरु सस्तो हुने भएकोले पूmटपाथ र हङकङ बजारमा कपडा किन्ने गरेको पर्सा जगरनाथपुरका विष्णुदेव साहले भन्नुहन्छ “यहिको कपडा सो रुममा धेरै महंगो पर्छ हामि ज्यालादारी गर्ने मान्छे कहाँ बाट बढि पैसा ल्याउने हाम्रो लागि त खुद्रा पसल नै राम्रो छ” ।

राजनीतिक अस्थिरताले सबैभन्दा बढी मार व्यापारीलाई नै पार्ने गरेको छ । यसबर्ष अवस्था सामान्य रहेको र अंग्रेजी नयाँबर्षले भारतीय ग्राहकहरु पनि नेपाल आएर कपडा किन्ने गरेकोले व्यापारमा पनि वृद्धि भएको र यो वर्ष धेरै चिसो खसेर पनि अरु वर्षको भन्दा यो वर्ष राम्रो नै व्यापार भएको कपडा व्यापारी रञ्जित गुप्ताले भनाई छ ।

अहिले गाउँघरमा सोचाईमा परिवर्तन आएर पनि प्रायःमहिलाहरु साडीको सट्ठा कुर्ता ने लागाउने गर्दछन् जस कारण ऊलेन कुर्तिको व्यापारमा वृधि भएको व्यापारीहरुले बताए ।अधिकांश कपडाहरु छिमेकि मुलुक भारत र चीनबाट नै आउने गर्दछ । ब्यापारीहरुका अनुसार बार्षिक रुपमा करौडौको कपडाहरु आयात हुँदै आएका छन् । अहिले बजारमा चलेको डिजाइनिङ तथा रेडिमेड न्यानो कपडा किन्ने चलन शुरु भएकोले सिलाई कटाई गर्ने सिकर्मिहरुको व्यापारमा भने कमी आएको छ ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।