वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग सहित शुरु भएको रिले अनसन चौथो दिन पनि जारी 

   
11   पटक पढिएको

पुस २३ बीरगञ्ज 
वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत शुक्रबारदेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन चौथो दिन पनि जारी रहेको छ ।वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो ।रिले अनसनको चौथो दिन सोमबार बिभिन्न राजनितिक दल तथा अगुवा महिलाहरु अनसनमा बसेका छन ।सोमबारको अनसनमा नेकपा माओबादी केन्द्रकी नेतृ दुर्गा क्षेत्री,सुनिता साह। गोमा उपाध्याय,मुन्नी दाहाल,बिमला उपाध्याय,रेखा घिमिरे।रेनुका राणा मगर,कमला खडका ललिता सुनुवार,बिना हर्मा,बकरु नेसा र शोभा तामांङ लगायतका महिलाहरु रहेका छन ।गत शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको रिले अनसनलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले अनसनमा सहभागीहरुलाइ फुलमाला लगाएर शुभारम्भ गर्नु भएको थियो ।बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।