अस्ट्रेलिया इनिङ्स अन्तरले विजयी

   
15   पटक पढिएको

सिड्नी — एसेज सिरिज अन्तर्गत पाँचौ टेस्टमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ्स र १ सय २३ रनले पराजित गरेको छ । यस जितसँगै अस्ट्रेलियाले सिरिज ४-० ले जितेको छ । टेस्टको अन्तिम दिन इंग्ल्याण्ड १ सय ८० रनमा अलआउट भयो ।

कप्तान जो रुट बिमारीका कारण लन्चपछि ब्याटिङ गर्न नसक्दा इंग्ल्याण्ड समस्यामा परेको थियो । टोलीका लागि जोनी बेरस्टोले ३८ तथा टम करानले अविजित २३ रन जोडे । अस्ट्रेलियाका लागि प्याट कमिन्सले ४, नाथन लायनले ३ तथा मिचेल स्टार्क र जोश हेजलवुडले १-१ विकेट लिए ।

 

कुल ८ विकेट लिएका कमिन्स म्यान अफ द म्याच हुँदा कप्तान स्टिभ स्मिथ प्लेयर अफ द सिरिज भए ।कान्तिपुर डेलीबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।