भारतले पाकिस्तानसँगको सीमामा १४ हजार बंकर बनाउँदै

   
35   पटक पढिएको

पुस २३ – जम्मू कश्मीर सीमामा भारतले १४ हजार भन्दा  बढी बंकर बनाउने भएको छ । नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमामा भारतले सामुदायिक र निजी गरी ठूलो संख्यामा बंकर बनाउन लागेको हो । अधिकारीहरुका अनुसार भारतले पुंट र साजौरी जिल्लामा एलओसीको नजिक झण्डै ७२९८ बंकर बनाउँदैछ । 

त्यस्तै सांबा जिल्लामा ७१६२ भूमिगत बंकर बनाइँदैछ । केन्द्र सरकारले सीमामा बस्ने नागररिकलाई निजी तथा सामुदायिक बंकर निर्माणका लागि झण्डै ४सय १५ करोड रुपैयाँ बजेट छुट्याएको छ । 

अधिकारीहरुले बताए अनुसार १३ हजार २९ निजी बंकर तथा १ हजार ४ सय ३१ सामुदायिक बंकरको निर्माण गरिँदैछ । निजी बंकरको क्षेत्रफल १६० वर्ग फुट हुनेछ, जसमा ८ जना मानिस बस्न सक्नेछन् । त्यस्तै ८ सय वर्ग फुटको सामुदायिक बंकरमा ४० जना अट्नेछन् । 

पाकिस्तानसँग भारतको ३३२३ किलोमिटर सीमा जोडिएको छ । जसमा २२१ किलोमिटर अन्तर्राष्ट्रिय सीमा र ७४० किलोमिटर एलओसी अथार्त जम्मू कश्मीरसँग जोडिएको छ ।

भारत र पाकिस्तानको बीचमा सीमा विवादलाई लिएर पटकपटक गोलीबारी हुने गरेको छ । उज्यालो अनलाईनबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।