स्थानिय तहमा न्यायिक समिति निमार्ण नहुदा पिडितहरु जिल्ला धाउन बाध्य

   
36   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,२३ पुस

स्थानीय तहमा जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको ३ महिना वितिसक्दा समेत पर्सा जिल्लाको गाउपालिका र नगरपालिकामा न्यायिक समिति गठन नहुदा न्यायका लागि स्थानीय वासिन्दा जिल्लासम्म धाउन बाध्य भएका छन् ।

नेपालको संविधानको धारा २१६ ले स्थानीय तहको निर्वाचन सम्पन्न भएको १५ दिनभित्र स्थानीय तहमा न्यायिक समिति निर्माण हुनुपर्ने व्यवस्था गरेको भएपनि निर्वाचन सम्पन भएको ४ महिना हुन लाग्दा पर्साको कुनै पनि स्थानीय तहले न्यायिक समिति निर्माण नगर्दा स्थानीय सेवाग्राही न्यायका लागि जिल्ला अदालतसम्म धाउन बाध्य भएका हुन् ।

संविधानको धारा २१७ ले गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ३ सदसीय न्यायिक समिति निर्माण गर्नुपर्ने उल्लेख भएपनि जनप्रतिनिधिहरु प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा केन्द्रित रहेका कारण न्यायिक समितिले पुर्णता नपाएको पर्साका स्थानिय तहका अधिकारीहरुले बताएका छन । 

विन्दवासिनी गाउपालिकाका अध्यक्ष श्रीलाल मोदीले भने सरकारले स्थानिय तहमा न्यायिक अधिकार दिएपनि कानुनको अभावमा कुनै मुदा मामिला सामाधान गर्न गाह्रो भएकाले न्यायिक समिति गठन अलमलमा परेको बताउनुभयो ।तर अधिबक्ता पन्नालाल गुप्ताले भने स्थानिय तहमा न्यायिक समितिले गर्ने कानुनको अभाव भएपनि न्यायिक समिति गठनमा कुनै समस्या नभएको बताउनुभयो ।

स्थानिय तहमा गठित न्यायिक समितिले अंशबन्डा,सार्वजनिक सम्पतिको सुरक्षा , सार्वजनिक जग्गा–खिचोला,चोरी,लुटपाट,बाली,पशुपंक्षी,बाध,कुलो,पोखरी लगायतको विवाद स्थानिय न्यायिक समितिले निरुपण गर्न सक्ने संविधानमा उल्लेख रहेको अधिबक्ता पन्नालाल गुप्ताले बताउनुभयो । 

पोखरिया नगरपालिकाकी उप–प्रमुख सल्मा खातुनले संविधानले स्थानिय स्तरमा रहेका विवाद सामाधानको लागि न्यायिक समितिलाई अधिकार दिएपनि कानुन अभावको कारण आफुहरु अलमलमा रहेको बताउनुभयो । उप–प्रमुख खातुनले स्थानिय तहमा आएको मुदा–मामिला कसरी हल गर्नेबारे कानुन नभएकाले न्यायिक समिति पनि बन्न नसकेको बताउनुभयो । 

स्थानिय तहमा न्यायिक समिति निर्माण नहुदा सेवाग्राहीले भने न्यायका लागि जिल्ला प्रसासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतसम्म पुग्नु परेको बाध्यता रहेको कालिकामाई गाउपालिकाका वडा नं.५का स्थानिय बासिन्दा पन्नालाल चौरसियाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।