बारामा चोरी भएका मोटरसाईकललाई वास्तविक धनिलाई बुझाउन एक हप्ते प्रदर्शनी

   
52   पटक पढिएको

पुस २३ बारा

जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न समयमा चोरी भएका मोटरसाइकल सवारी धनी पहिचान गरी जिम्मा लगाउने एक हप्ते प्रदर्शनी शुरु गरेको छ ।

जिल्लाको विभिन्न स्थानमा चेकजाँच एवम खोजतालश गर्ने क्रममा फेला परेको ९२ थान चोरी तथा कागजातहरु नभएका मोटरसाईकलहरु वास्तविक धनि पहिचान गरी जिम्मा लागाउने उदेश्यले मोटरसाईकलहरुको प्रदर्शनी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताए ।

बाराका ४५ वटा प्रहरी युनिटको सहयोगमा बरामद विभिन्न कम्पनीका मोटरसाईकलहरुको वास्तविक सवारी धनी पहिचान गरि फिर्ता गरिने प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन । सवारी धनिले आवश्यक कागजात सहित मागदाबी गर्न आएमा एकिन गरी सम्बन्धित धनिहरुलाई बरामद मोटरसाईकल बुझाईने प्रहरी नायव उपरिक्षक साहले बताए ।


प्रदर्शनीको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले गरेका थिए ।प्रर्दशनी उदघाटनमा ।बाराका स।प्बशस्त्र प्रहरी उपरिक्षक बिनु प्रसाद पाठक बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साह लगायतको उपस्थिती रहेको थियो ।  यसैगरि आइतबारदेखि एक हप्तासम्म जिल्लामा  संचालन हुने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिमको एक समारोहका बिच आइतबार उदघाटन गरिएको छ ।

 

 

 


 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।