कबड्डी प्रतियोगितामा जिएचपी, वीरगंज पब्लिक स्कुल,गौतम मावि र मिनिल्याण्ड मावी विजयी

   
42   पटक पढिएको

विन्दुभुषण साह
वीरगन्ज , २३ पुष
म्याक्स इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङको आयोजनामा वीरगन्ज भईरहेको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा तेस्रो दिन आइतबार जिएचपी, वीरगंज पब्लिक स्कुल,गौतम मावि र मिनिल्याण्ड मावी विजयी भएका छन् ।

तेस्रो दिनको पहिलो  खेलमा डिएभी माविलाइ ३७ अंकले पराजित गर्दै जिएचपी मावि विजयी भएकोे हो । निर्धारित २० मिनेटको खेलमा जिएचपी माविले ५० र डिएभी माविले १३ अंक प्राप्त गरेको थियो । खेलको म्यान अफ दी म्याच जिएचपी माविका सागर गुप्ता घोषित भए ।

छात्र तर्फ नै आइतबार भएको दोस्रो खेलमा वीरगंज पब्लिक स्कुल विजयी भएको छ । वीरगंज पब्लिक स्कुलले विद्या सदन माविलाइ १० अंकले हराएको हो । वीरगंज पब्लिक स्कुलले २९ अंक प्राप्त गर्दा विद्या सदन माविले १९ अंकमा नै चित्त बुझाउनु परयो । उक्त खेलको म्यान अफ दी म्याच वीरगंज पब्लिक स्कुलका रुपेश यादव घोषित भए ।

यसैगरि छात्रा तर्फ तेस्रो खेलमा वीरगंज पब्लिक स्कुल विजयी भएको छ । वीरगंज पब्लिक स्कुलले कादम्बरी एकडमीलाइ ६० अंकले पराजित गरेको हो । निर्धारित ३० मिनेटको खेलमा वीरगंज पब्लिक स्कुलले ७१ र कादम्बरी एकडमीले ११ अंक प्राप्त गरयो । छात्रा तर्फको खेलको म्यान अफ दी म्याच वीरगंज पब्लिक स्कुलकी समिमा प्रबिन घोषित भइन् ।

छात्र तर्फ नै आइतबार भएको चौथो खेलमा गौतम मावि विजयी भएको छ । गौतम माविले कादम्बरी एकडमीलाई २१ अंकले हराएको हो । गौतम माविले ३७ अंक प्राप्त गर्दा कादम्बरी एकडमीलाइ भने १६ अंकमा नै सिमित गर्न सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच गौतम माविका सबल चौधरी घोषित भए ।

छात्र तर्फ नै आइतबार भएको अंतिम खेलमा मिनिल्याण्ड मावि विजयी भएको छ । मिनिल्याण्ड माविले मुनलाइट मावीलाइ २६ अंकले हराएको हो । मिनिल्याण्ड माविले ३५ अंक प्राप्त गर्दा मुनलाइट मावी भने ९ अंक मात्र लिन सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच मिनिल्याण्ड माविका एमडी अफसर घोषित भए ।

सोमबार चौथो दिनको खेल छात्रा तर्फ विद्या सदन र वीरगंज पब्लिक मावि बिच खेल हुने छ भने छात्र तर्फ ५ वटा खेलमा पहिलो ज्ञान निकेतन र गौतम मावि, दोस्रो वीरगंज पब्लिक र मुनलाइट तोस्रो खेल कंचनजंघा मावि र कादम्बरी एकडमी चौथो खेल विद्या सदन र । मिनिल्याण्ड मावि र अंतिम पाँचौ खेल ज्ञान निकेतन र कादम्बरी एकडमी बिच खेल हुने प्रतियोगिताका संयोजक अमित अग्रवालले जानकारी दिए ।
पुष २९ गते सम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० वटा निजी विद्यालयका छात्र र छात्राको गरि १९ वटा टिमले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।