महिला सशक्तिकरणको अनुपम नमुना बन्दै लायन मिनाक्षी गुप्ता

   
685   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज २३ पुस ।
महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बन्नु भएको छ लायन मिनाक्षी गुप्ता । विगत २६ वर्ष अगाडी लिटिल एन्जल स्कूल वीरगंजमा रु. ३ सय तलबमा महिला शिक्षिकाको रुपमा शिक्षण पेशामा लाग्नु भएकी गुप्ताले अहिले वीरगंजमा सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र र महिला  सशक्तिकरणको आन्दोलनलाई एकसाथ अगाडी बढाएर आफ्नो छुटै पहिचान बनाउनु भएको छ । 

महिलाले केही गर्नु पर्छ भन्ने भावनाले अभिप्रेरित गुप्ताले अहिले आफ्नै लगानीमा जीवन ज्योति स्कूल संचालन गर्नु भएको छ । शिक्षिकाको रुपमा कार्यरत रहेको अवस्थामै अचानक स्टोभ पडकेर आगो लागी गम्भिर घाइते भएकी गुप्ता पारिवारिक सहयोगका कारण लामो उपचार पछि पुर्नजिवन पाउनु भएको थियो । उहाँको जीवन विगतमा पनि शिक्षा र समाज सेवामा समर्पित थियो भने अहिले पनि शिक्षा, समाजसेवा र महिला सशक्तिकरणको आन्दोलनलाई उच्च बनाउन  केन्द्रित रहेको छ । 

अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा आवद्ध भई लामो समय देखि महिला सशक्तिकरणको आन्दोलनमा होमिनु भएकी गुप्ता हाल लायन्स क्लबको एम्बेष्डर अफ गभर्नर हुनुहुन्छ । विगतमा आगलागीको घटनाले असक्त बन्नु भएकी गुप्ता पारिवारिक सहयोग र अटुट साहसका कारण समाजमा केही गर्नु पर्छ भन्दै आफैले विद्यालय खोल्न पुग्नु भएको थियो । 

गुप्ताको समाज सेवा प्रतिको भावना महिला सशक्तिकरणको आन्दोलनमा पु¥याएको योगदान लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत लायन्स क्लबले शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच वहा“लाई कदर पत्र सहित सम्मान समेत गरेको छ  ।

मिनाक्षी गुप्ता जस्ता महिलाहरुबाटै समाज परिवर्तन हुन सक्दछ भन्ने उदाहरण उहाँले देखाउनु भएको छ । पारिवारिक सहयोग, समाजका विभिन्न वर्गका व्यक्तिहरुको प्रेरणाका कारण आज आफु महिला आन्दोलनलाई अगाडी बढाउन सफल भएको र घटना दुर्घटनामा परेकाहरुलाई पनि निराश भएर बस्ने होईन साहसीक बनेर केही गर्नु पर्छ भन्ने कुरा देखाउन आफू सदैब क्रियाशिल रहेको गुप्ताले बताउनु भयो । 

मिनाक्षी गुप्ता जस्ता साहसी महिलालाई समाजले थप आत्मबल र साहस प्रदान गरि समाज सेवा र महिला सशक्तिकरणको क्षेत्रमा अगाडी बढाउने हो भने हाम्रो समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्न सकिने जानकारहरु बताउ“छन ।  

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।