वीरगंज महानगरपालिको नयाँ नेतृत्वको मधुमास पुरा, नगर–प्रमुखले मेरो कसम र प्रतिवद्धता विर्सिएको नगरवासीको आरोप

कसम र प्रतिवद्धता कार्यान्वयन भइरहेको नगरप्रमुख सरावगीको दावी

   
96   पटक पढिएको

विन्दुभुषण साह 
वीरगंज,२३ पुस

वीरगंज महानगरपालिकाका जनप्रतिनिधिहरुले सपथ लिएको आज १ सय दिन पुरा भएको छ । 

असोज २ गते सम्पन्न स्थानियत तहको निर्वाचनबाट निर्वाचित नगरप्रमुख सहितका नगरपालिकाका १६२ जना जनप्रतिनिधीहरले असोज १२ गते नगरसभा हलमा नगरवासीलाई साक्षी राखी सपथ लिएका थिए । 

महानगरपालिकाको नेतृत्वले मधुमास पुरा गरेको यो अवधिमा जनताले सोचे अनुरुपको काम जनप्रतिनिधीले गर्न नसकेको गुनासो गरेका छन् । 

नगरवासीले नगरप्रमुख विजय सरावगीले निर्वाचन ताका घोषणा गरेको मेरो कसम र सपथ ग्रहण गर्दा जनाएको  प्रतिवद्धता लाई विर्सिएको आरोप लगाएका छन् । 

यता महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले आफुले गरेको प्रतिवद्धता अनुरुप काम अगाडी वढेको दावी गर्दै मेरो कसम सहितको प्रतिवद्धता कार्यान्वयन हुदै गएको दावी गर्नुभयो । उहाले स्थानीय तहमा कर्मचारी समायोजन र व्यवस्थापन हुन नसक्दा कतिपय काम प्रभावित भएको स्वीकार्नु भयो । 

वीरगंज महानगरपालिकामा स्थानिय तहको निर्वाचनपछि आएका नेतृत्वले जनताको अपेक्षा अनुसार नगरको चौतर्फि विकासका लागी कानुन निर्माण गरी त्यसलाई  कार्यान्वयन गर्ने तर्फ वढी समय दिएको नगरप्रमुख सरावगीले बताउनुभयो ।

उहाले आफ्नो प्रतिवद्धता अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमबाट पठन पाठन गराउने तयारी गरिएको, नगरक्षेत्रका १४ वटा स्वास्थ्य चौकीलाई सवल बनाइएको, नगरका  ३२ वटा वडा कार्यलयहरुलाई व्यवस्थित गरिएको, एडिवीको ऋण सहयोगमा संचालित परियोजनालाई दु्रत गतिमा अघि बढाइएको बताउनुभयो ।

वहाले नगर क्षेत्रमा पे पाकिंगको व्यवस्था गर्न लागिएको बाल मैत्रि वीरगंज बनाउने योजनालाई अगाडी बढाइएको र नगरका ग्रामिण क्षेत्रलाई जोड्ने कम्तीमा पनि ग्रेभेल सडक बनाउने कार्य अघि बढेको दावी गर्नुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।