पर्साका सामाजिक परिचालक ताते ÷५सुत्रिय माँग राख्दै आन्दोलनमा उत्रे

   
129   पटक पढिएको

विन्दुभुषण साह
विरगंज,२२ पुस
नेपाल समाजिक परिचालक कर्मचारी संर्घष समिति पर्साले आज बिभिन्न ५ सुत्रिय माग राख्दै चरणबद्घ आन्दोलनमा उत्रने चेतावनी दिएका छन । 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो चेतावनी दिएका हुन । 
सामाजिक परिचालक कर्मचारी संघर्ष समिति पर्साको  अध्यक्ष राज चौधरीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा समाजिक परिचालकहरुलाई पुनः स्थापना गर्नुपर्ने, सामाजिक परिचालकलाई उमेरको हद नलगाई स्थानीय स्तरमा समायोजन गर्नुपर्ने ,कर्मचारी समायोजन गर्दा योग्यत्ताको आधारमा स्थानिय स्तरमा नियुक्ती गर्ने लगायतका ५ सुत्रिय माग गरेका हुन् ।

बिगतका ८ बर्षदेखी जनप्रतिनिधि बिहिन रहेका स्थानीय तहमा ईमन्दारी पूर्वक कामकाज गर्दै आएको स्मरण गराउदै सबै स्थानिय तहमा कर्मचारीको खाचो रहेकाले स्थानीय स्तरमा कर्मचारी कै रुपमा समायोजन गर्नेुपर्ने अध्यक्ष चौधरीले बताउनु भएको छ । 
सामाजिक परिचालकहरुको माग यथासिघ्र पुरा नगरे आन्दोलन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
जिल्ला समन्वय समिति र नगरपालिकाले समाजिक पचिालकहरुलाई कर्मचारी सरह सेवा सुबिधा दिदै आएकोमा एक्कासी सरकारले कामबाट बञ्चित गर्न गराएकोमा दुख ब्यक्त गर्दै आफुहरुलाई स्थानिय स्तरमा नै निरन्तरता दिनुपर्ने अध्यक्ष चौधरीले माग गर्नुभयो । 

सरकारले देशैभरिका सामाजिक परिचालकहरुलाई फेजआउट गरेसंगै पर्सामा कार्यरत १०१ जना सामाजिक परिचालकहरु कामबाट बन्चित भएका छन । 

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।