जाडोका कारण वीरगंज लगायत मध्य तराईकाे जनजीवन कष्टप्रद

   
34   पटक पढिएको

विरगंज, २० पुस । विगत केही दिनदेखि जारी शीतलहरका कारण वीरगंज लगायत मध्य तराईकाे बारा, पर्सा,  राैतह लगायत क्षेत्रकाे जनजीवन कष्टकर बन्दै गइरहेको छ । 

विगत केहि दिनदेखि हुस्सु सहित चिसो हावा तथा चल्नाले अति आवश्यक कामबाहेक मानिस घरबाट बाहिर निस्कन नसकेकाले विरगंज लगायत यस अासपासका बजारमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घट्दै आएकोे छ । 

जाडोका कारण विद्याल पनि बन्द गरिएकाे छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ । 

शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी र निमोनियाले पीडित भएका छन् । विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउन पुग्नेहरुमा त्यस्ता रोगबाट पीडितको संख्या अधिक छ । शीतलहरबाट घरपालुवा चौपायासमेत प्रभावित भएका छन् । रासस

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।