देशभरका सामाजिक परिचालकको जागिर गयो / पकहामैनपुर गाउपालिकामा म्याद थप

   
1244   पटक पढिएको

वीरगंज,१९ पुस
वारा, पर्सा लगायत देशभरका ५ हजार भन्दा बढी सामाजिक परिचालकहरु अब जागिरबाट विदा हुनुपर्ने भएको छ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जुलाई २००८ बाट सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) समाप्त भएसँगै सामाजिक परिचालकहरुले विदा लिनुपर्ने भएको हो । 

स्थानीय निकायमा जनप्रतिनिधि नभएकोले मन्त्रालयले यो कार्यक्रम संचालन गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेका कारण यही पुस १३ गतेको राज्यमन्त्री स्तरीय निर्णय अनुसार यही पुस १७ गतेबाट कार्यक्रम समाप्त भएको हो ।

यसैबीच पर्साको पकहामैनपुर गाउपालिकामा नियम विपरित सामाजिक परिचालकहरुको म्याद थप गरिएको पाईएको छ । 

सरकारले पौष १७ गतेबाट सामाजिक परिचालकहरुलाई विदाई गर्न पौस १४ मा परिपत्र गरेपनि पुस १३ गते एक दिन अगाडी नै गाउपालिकाको बोर्ड बैठकले चैत्र १५ गतेसम्म ३ महिनाका लागि सामाजिक परिचालकहरुको म्याद थप गरेको हो ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले पौष १४ गते स्थानिय तहहरुको नाममा परिपत्र गर्दै सामाजिक परिचालकहरुलाई विदाई गरिएको पत्र पठाएपनि मन्त्रालयको पत्रको बेवास्ता गर्दै म्याद थप गरिएको हो ।

सरकारले प्रदेशसभा गठन नभएसम्म कार्यालय सहयोगी,कम्प्युटर अपरेटरर आईटी अफिसर बाहेका स्थानिय तहमा कर्मचारी नियुक्त नगर्न अंकुश लगाएको भएपनि सरकारको निर्णयको बेवास्ता गर्दै सामाजिक परिचालकहरुलाई बोर्ड बैठकबाट नै निरन्तरता दिएको हो । 

यस सम्बन्धमा पकहामैनपुर गाउपालिकाका कार्यकारी अधिकृत हिरा भुसालले सामाजिक परिचालकलाई विदाई गरिएको सुचना पाएपनि गाउपालिकामा कर्मचारी अभावले उनीहरुको म्याद थप गरिएको बताउनुभयो । 

यस सम्बन्धमा पकहामैनपुर गाउपालिकाका अध्यक्ष विजय चौरसियाले कार्यकारी अधिकृतको प्रस्तावमा आफुहरुले म्याद थप गरेको बताउदै नियम संमत नभए निर्णय बदर गरिने जानकारी दिनुभयो । यसैबीच गोप्य रुपमा जनप्रतिनिधिहरुले सामाजिक परिचालक नियुक्ति गरेपछि  उनीहरुको चर्को आलोचना शुरु भएको छ ।

विशेष सुत्रका अनुसार गाउपालिकाका कार्यकारी अधिकृत हिरा भुसालले सामाजिक परिचालकसंग मोटो नजराना लिएर म्याद थप गरिएको बुझिएको छ । कार्यकारी अधिकृत भुसालले गाउपालिका अध्यक्षलाई झुक्याएर म्याद थप गर्न लगाएको बताईएको छ । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।