तराइ मधेसमा विकराल बन्दै दाइजोको समस्या, ज्यान गुमाउन विवश छन छोरीचेली

   
94   पटक पढिएको

बीरगञ्ज १६ षौष २०७४अन्जली चौहान

तराईमा दाइजोका कारण धेरै घरपरिवारको उठिवास भएको र कैंयन छोरीचेलीले ज्यान समेत गुमाएको घटना समाजमा देखिएको भन्दै आफनो गाँउलाइ दाइजो मुक्त गाँउ बनाउने उद्देश्यले विधालयका छात्रछात्रा तथा स्थानीय गाउँलेहरुले विवाहमा दाईजो नलिने नदिने भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउन थालेका छन् ।

तराइ मधेसको समाजमा दाइजोको समस्या विकराल रुपमा बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै स्कुलका विधार्थी तथा अभिभावकले दाईजो नलिने , नदिने र गाउँमा अरुलाई नलिन, नदिनदिने भनेर प्रतिबद्धता जनाउन थालेका छन् । पछिल्लो समय केही युवाहरुले दाईजो विना विवाह गरेका पनि छन् । कतिपय अभिभावकले पनि आफनो छोराछोरीको दाईजो विना गरेका छन् ।

तसर्थ पछिल्लो समयमा तराईका मानिसहरुमा आएको जागरुकताले दहेज ९दाईजो० प्रथा अपराध र पाप हो भनेर खुलेर विरोध गर्न थालेका छन् । 
छोरीको विवाहका लागि अभिभावकले दाईजोको जोहोको लागि घरबार विहीन समेत हुने गरेका छन् । विशेष गरी तराईमा बसोवास गर्ने महिलाहरु बढी दाईजो प्रथाकै कारण हिंसामा पर्ने गरेका छन् ।

तर पछिल्लो समय दाईजो प्रथा विरुद्ध विधालयमा अध्ययनरत छात्रछात्रा नै अघि सरेको देखीन्छ । महिला माथि हुने विभिन्न खाले हिंसाका कारणहरु मध्ये एउटा कारण दाईजो प्रथा पनि हो । दाईजो कै कारण महिला माथि धेरै हिंसा हुन थालेपछि तराईका मानिसहरु आफै यस विरुद्ध अगाडी आईरहेका छन् । दाईजो लिने र दिने दुवै गल्ती हो भनेर मधेशी समुदायबाट दाईजो प्रथा हटाउनुपर्छ भन्दै दाईजो प्रथा विरुद्धको अभियानमा लागेको राधे कृष्ण चौरसिया बहुअर्वाभाटामा कक्षा १० मा अध्ययनरत छात्रा निशा पासवानले बताईन् ।

मधेशी समुदायमा दाईजो कलंकको रुपमा रहेको कारण दाईजोको रुपमा नगद तथा जिन्सी लिन नहुने स्थानीय युवाहरुको धारणा छ । केटी पक्षबाट दाईजोको रुपमा लिने नगद तथा विभिन्न सरसमानले केटा पक्षको ईज्जत ,सम्मान बढ्नुको साटो सम्मानमा आँच आउने स्थानीय केही युवाहरुको भनाई छ । तराई मधेशको समाजमा ठुलो समस्याको रुपमा रहेको दाईजो प्रथालाई निर्मुल पार्न विधालयका बालबालिका तथा अभिभावकहरु नै अहिले चेतनशील भएर प्रस्तुत हुँदा खुशी लागेको विधालयका शिक्षक शिक्षिकाहरुले बताएका छन् ।

विभिन्न संघसंस्थाले पनि जागरण मुलक कार्यक्रम चलाएपछि विधालयका बालबालिका तथा अभिभावकहरु सचेत भएको उनीहरुले बताए । दाईजोको कारण मधेशी समुदायमा केटाकेटी विच बेमेल विवाह पनि हुने गरेको अभिभावकहरुले बताए । तर अब यस्तो नहोस् भनेर छोराछोरीको विवाहमा दाईजो नलिने नदिने प्रतिबद्धता एक अभिभावक भुमीका देवीले जनाईन् । दाईजो प्रथाले गर्दा नै खास गरी मधेशी समुदायमा भ्रुण हत्या , बालविवाह , बहुविवाह जस्ता घटनाहरु हुने गरेको सामाजिक अभियन्ताहरु बताउँछन् ।

तर पछिल्लो समय विधालयका बालबालिका ,अभिभावक तथा समाजका अन्य ब्यक्तिहरुकै सकृयतामा दाईजो नलिने , नदिने प्रतिबद्धता सार्वजनिक रुपमै जनाउन थालेपछि धेरै सकारात्मक परिवर्तन भएको महशुश गरेको निस्वार्थ सामाजिक कार्य गर्दै आउनुभएका सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

समाजको क्यान्सरका रुपमा रहेको दाईजो प्रथालाई अहिले केही राजनीतिक व्यक्ति , गाँउघरका सर्वसाधारण र विधालयका छात्रछात्राहरुबाटै बहिष्कार गर्नु अत्यन्तै सकरात्मक भएको भएपनि यसलाई समाजको भित्री तहबाट नै अन्त्य गर्न सके मात्र सुन्दर सामाजको कल्पनालाइ यथार्थमा परिणत गर्न सकिने सामाजिक अभियन्ता थारुले धारणा ब्यक्त गरे । 


तराई मधेशको समाजमा घर बाहिरको काममा महिला निस्कन संस्कारले दिदैंन भन्ने मानसिकता भएका मानिसहरु पनि हाम्रै समाजमा छन् । त्यसैले पनि दाईजो प्रथा अहिले सम्म हट्न नसकेको सचेत मानिसहरुको बुझाई छ । यसका लागि तराईका महिलाहरुलाई पनि जागरुक बनाउन आवश्यक भएको उनीहरुले बताए ।


पछिल्लो समय राजनितीक दलका नेताहरुले पनि मधेशी समुदायलाई दाईजो मुक्त बनाउने अभियानमा साथ दिएका छन्  । पछिल्लो समय मधेसका समुदायमा दाईजो नलिने निर्णय सार्वजनिक रुपमै हुन थालेपछि मधेसका जनतामा चेतनाको स्तर वृद्धि भएको र सबैले यसलाई वास्तविक रुपमा अगांल्न सके महिला हिंसा पनि रोकिने र समाज परिवर्तन हुन सक्ने सामाजिक अगुवाहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।