कण्डम किन प्रयोग गर्दैनन् १६ देखि २४ बर्षसम्मका नाैजवानहरु ?  यस्ताे छ कारण

   
13   पटक पढिएको

काठमाडाैँ, १४ पुस । एक सर्वेका अनुसार १६ देखि २४ वर्ष उमेर भएका नौजवानहरुले आफ्नो नयाँ साझेदारसंग विना कण्डम नै यौन सम्बन्ध स्थापित गर्ने गरेका छन् ।  

त्यसैले २५ वर्षदेखि कम उमेरका नौजवानहरुलाई यौन संक्रमणबाट बचाउन र कण्डमको उपयोगिता बढाउन ब्रिटेनमा एक नयाँ अभियान शुरू भएको छ ।

यौन स्वास्थ्यकोलागि पछिल्लो आठ वर्षमा सरकारले पहिलो पटक एक क्याम्पेन नै शुरू गरेको छ ।

१६ देखि २४ बर्ष उमेरका युवाहरु मध्ये झण्डै आधा जसो युवाहरुले आफ्नो नयाँ साथीसंग कन्डोम प्रयोग नगरी नै यौन सम्बन्ध राख्ने गरेको ब्रिटेनको स्वास्थ्य विभागले सर्वेक्षण मार्फत पत्ता लगाएको थियो ।  

सर्वे अनुसार हरेक दश मध्ये एक नौजवान यस्तो पनि भेट्यो कि जसले कहिल्यै पनि कन्डोम प्रयोग गर्ने गरेको छैन । विना कण्डम नै आफ्नो यौन पार्टनसंग सम्बन्ध राख्दै आएको छ ।  

बिना कण्डम नै.......
सरकारले यसै सिलसिलमा १६ देखि २४ वर्षका युवाहरुसंग उनीहरुको यौन स्वास्थ्यको बारेमा धारणा लिएको छ । 

व्रिटेनका किसोरहरुका अनुसार कण्डम प्रयोग नगर्नुको प्रमुख कारण नै यौन सन्तुष्टिमा आउने फरकपन हो भन्छन् । उनिहरु भन्छन कण्डम लगाएर यौन सम्बन्ध राख्दा भनेजस्तो सन्तुष्टि नै आउँदैन र नलगाई यौन सम्बन्ध गर्दा धेरै राम्रो लाग्छ । 

रेक्सहैम निवासी १९ वर्षका जोर्डन पनि यिनी मध्ये एक हुन् । जोर्डन भन्छन म केटीहरुसंग बिना कन्डोम नै पहिलोपटक सम्बन्ध बनाइसकेको छु ।  

उनि भन्छन् कि दुई मौकामा एक पटक कण्डम प्रयोग भए पनि एक पटक भने विना कण्डम नै सम्बन्ध हुन्छ । जोर्डनका अनुसार यसको एक कारण उनको मदिरा सेवन पनि एक हो ।  

जोर्डन भन्छन, मदिराले केहि हदसम्म फरक पार्छ किनकी जब तपाई नशामा हुनुहुन्छ तब तपाइ धेरै लापरवाह हुनपुग्नुहुन्छ ।  

अपराध बोध
सर्वेमा के पनि पाइयो भने आधा मान्छे मदिराको नशामा परेका कारण कण्डम प्रयोग गर्दैन थिए ।  

जोर्डनका साथी लीडिया पनि भन्छिन कि मदिराको नशामा सुरक्षित यौन सम्पर्कको संभावना कम हुन्छ ।  
तर दुवैजनालाई नशामा भएको असुरक्षित सम्बन्धको बारेमा अर्को दिन भने अपराध बोध हुने गरेको र जाँचका लागि क्लिनिक जाने गरेको बताउछन् ।  

कन्डम प्रयोग नगर्ने कारण यो पनि पाइयो की सेक्स साझेदार युवतीले गर्भनिरोधक चक्किको प्रयोग गरिरहेको र कोन्ट्रासेप्टिव इम्प्लान्ट (गर्भनिरोधक विधि) फिट गरेर बसेको छ ।  

२० वर्षीया ईली एक विद्यार्थी हुन् र उनलाई लाग्छ की यो एक साधारण कुरा मात्रै हो ।

यौन संक्रमणजन्य बिमारी  
एलीका अनुसार आफु केटाहरुसंग यौन सम्पर्क गर्नुलाई कहिल्यै पनि यौन संक्रमण हुन्छ भन्ने डर नराखेको बताइन् । तर आफु गर्भवति हुन्छु की भन्ने भय भने रहने गरेको उनको भनाइ छ ।  

उनिभन्छिन, “यदि गर्भ रह्यो भने यसको जिम्मेवार केटाहरु पनि हुन्छन् । तर यदि कुनै यौन संक्रामक रोग भयो भने त त्यो समस्या केवल तपाइकै मात्रै त हो नि । यदि केटी गर्भनिरोधक चक्कि लिइरहेकी छ भने यसको मतलब यो पनि हो की केटाले कण्डम लगाइरहनु जरुरत पनि छैन ।  

सन् २०१६ मा ब्रिटेन मा क्लामेडिया र गोनोरिया जस्ता यौन संक्रामक रोगहरुबाट १६ देखि २४ बर्षका झण्डै डेढ लाख युवा पीडित थिए ।  

२४ बर्षीया जेसीसीले भने की उनलाई पनि यो रोग भएको थियो । किनकी उनले पनि यौन सम्बन्धका बेला कण्डमको प्रयोग गरेका थिएनन् । 

कण्डमको प्रयोग
जेसीसी भन्छन् “त्यो राम्रो अनुभव थिएन । पेट र तिघ्राको बीचमा धेरै नै दुखेको थियो र पिशाब गर्दा पोलेको अनुभव भइरहेको थियो । सबै भन्दा खराब कुरा त यो थियो कि मैले आफ्नो पूर्व र वर्तमान सेक्स पार्टनरलाई मैले आफुमा भएको यौन संक्रामक रोगको बारेमा बताउन परेको थियो । उनीहरुलाई पनि क्लिनिक गएर आफ्नो उपचार गराउनु परेको थियो ।  

तथापि जेसीसीले यो अनुभव पछि भने कण्डमको प्रयोग गर्न थाले । 
अहिले चिकित्सकहरुलाई अर्को चिन्ता थपिएको छ । यौन संक्रमण जन्य रोग गोनाोरियामा एण्टिबायोटिक औषधिले पहिले जस्तो काम गरिरहेको छैन ।  

डा.सारा केयाटको सल्लाह दिन्छिन कि यौन संक्रामक बीमारीबाट बँच्ने सबै भन्दा उत्तम तरीका कण्डमको प्रयोग नै हो । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।