वीरगंजको वीच बजारमा संचालित अधिकांश पेट्रोल पम्पका कारण नगरक्षेत्र असुरक्षित

   
70   पटक पढिएको

विन्दुभुषण साह

वीरगंज,१० पौष  ।
पेट्रोलियम पदार्थको भण्डारण र बिक्री वितरणका लागि बीरगंजको विच बजारमा संचालित अधिकांश पेट्रोल पम्पका कारण नगरक्षेत्र असुरक्षित देखिएको छ । 

पेट्रोल पम्पहरुले आवश्यक सुरक्षा सतर्कता र उच्च प्रविधिको प्रयोग नगर्दा खतरा उत्पन्न भएको विज्ञहरुले बताएका छन् । वीरगंज महानगरपालिकाभित्र पर्ने भारतीय दुतावास नजिकै कुन्दन आयल स्टोर ,नेशनल ट्रेडिंगमा रहेको सुरेश आयल स्टोर, पावर हाउस चौकमा रहेको केडिया आयल स्टोर, मनोज केयर लगायत बाईपासमा रहेको बाबा, पशुपति, रेणुका पेट्रोल पम्प, अशोक विनायक, शुभलाभ, बोलबम लगायतका दर्जनौ पेट्रोल पम्पहरुले सुरक्षा सतर्कता र उच्च प्रविधिको प्रयोग नगर्दा बजार क्षेत्र खतरामा रहेको भेटिएको छ । 

पेट्रोल पम्प डेढ दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको भएपनि सुरक्षाको लागि एक दुई वडा फायर एस्टिङयुसर (आगो निभाउने ग्यास) व्यवस्था गरेको भएपनि ठुलो दुर्घटनाबाट बच्न अन्य सुरक्षा व्यवस्था नरहेको पाईएको छ ।

 गत बुधबार सुपर ग्यास उद्योगमा भिष्ण आगलागिमा परि ३ जनाको मृत्यु भएपछि पेट्रोलियम पदार्थ भण्डार र संचालनमा रहेको ठाउ र त्यसको सुरक्षा सतर्कताबारे बहस भईरहेका बेला वीरगंज महानगरपालिकाभित्र दजर्नौको संख्यामा रहेका पेट्रोल पम्पहरुका कारण आगलागीको खतरा रहेको छ । 

यता नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख उपेन्द्र नेपालले पेट्रोल पम्प संचालनको लागि नया ऐन आएकोले बस्तीभन्दा २ किलोमिटरको दुरीमा पेट्रोल पम्प संचालन हुने बताउदै बस्तीभित्र परेका पुराना पेट्रोल पम्प र ग्यास उद्योगको विकल्पको बारेमा केन्द्रमा छलफल भईरहेको बताउनुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।