प्रथम वीरगंज भेट्रान नकआउट फुटबल प्रतीयोगितामा आज दुई खेल

   
181   पटक पढिएको

बिरगंज पौष २०७४ / अञ्जली चौहान

वीरगंजमा हिजोदेखी शुरु भएको प्रथम वीरगंज ८ साईड भेट्रान नकआउट फुटबल प्रतीयोगितामा आज दुई खेल भएको छ ।

वीरगन्जको नारायणी रंगशालामा दिउँसो १ बजे चितवन भेट्रान र वीरगन्ज युनाईटेडबीच भएको पहिलो खेलमा चितवन भेट्रान ५–० गोल अन्तरले वीरगंज युनाईटेडलाई हराएको छ ।

पहिलो खेलको म्यान अफ द म्याज सुदीप श्रेष्ठ घोषित हुनुभएको छ । त्यस्तै वीरगन्ज युथ एकेडेमी र हेटौडा भेट्रानबीच भएको दोश्रो खेलमा वीरगंज युथ भेट्रान १–० गोल अन्तरले विजयी भएको हो ।

दोश्रो खेलको म्यान अफ द म्याच लखन चौधरी घोषित हुनुभएको आयोजक क्लबका संयोजक हेमन्त चौरसियाले जानकारी दिनुभयो ।

वीरगंज युथ एकेडेमी क्लबले आयोजना गरेको प्रतीयोगितामा ६ ओटा टीमको सहभागीता रहेको छ । प्रतीयोगितामा सहभागी हरेक टीममा चालिस वर्ष भन्दा माथिका खेलाडीले भाग लिएका छन् ।

प्रतीयोगिताको फाईनल खेल चितवन भेट्रान क्लब र वीरगंज युथ एकेडेमी भेट्रान क्लबबीच भोली २ बजेदेखी हुने क्लबका संयोजक चौरसियाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।