प्रहरीकाे गाेली लागेर म्यादी प्रहरीकाे मृत्यु, स्थिति तनावग्रस्त

   
105   पटक पढिएको

कालीकोट, ७ पुस । प्रहरीकाे गाेली प्रहारबाट म्यादी प्रहरीकाे ज्यान गएपछि कालीकाेट तनावग्रस्त बनेकाे छ ।

आफ्नो तलव कटाइएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो ।

मृतक ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

जिप्रकाको गेटमा ढलेका एेडीलार्इ अाधा घण्टासम्म कसैले उठाएन

जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन ।

पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रहरी विट जलाइयो

एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।

यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए ।

उनले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको समेत दावी गरे ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।