पहिलाे पटक बसेकाे दलहरुकाे बैठक निष्कर्षविहिन

   
20   पटक पढिएको

काठमाडौँ, ७ पुस । राष्ट्रियसभा निर्वाचन अध्यादेशका बिषयमा सहमति हुन नसक्दा निर्वाचनपछि पहिलोपटक बसेको प्रमुख ५ दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति समक्ष पेस भएको विधेयकलाई नै प्रमाणिकरण गरि एकल संक्रमणीय प्रणाली मार्फत राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने अडान राख्यो भने एमाले र माओबादी केन्द्रले पहिला सरकार गठन प्रकृयालाई अगाडी बढाउन मार्ग प्रसस्त गरिदिनुपर्ने माग राख्यो ।

दलहरुबीच आजको बैठक निष्कर्षविहिन भए पनि फेरी बैठक बस्ने सहमति भने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन पछि पहिलोपटक राष्ट्रिय दल मान्यता प्राप्त गरेका ५ दललाई बैठकमा बोलाउनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।