निर्वाचनपछि पहिलोपटक प्रमुख दलहरुकाे बैठक सुरु

   
15   पटक पढिएको

काठमाडौं, ७ पुस । निर्वाचनपछि पहिलोपटक प्रमुख राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा छलफलको आयोजना गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको सहभागी छन् । त्यस्तै, नेताहरु माधवकुमार नेपाल, रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा पनि छलफलमा सहभागी छन् ।

प्रधानमन्त्री देउवाले छलफलका लागि निर्वाचनबाट पहिलो दल बनेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बोलाएका हुन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दलका नेताहरुलाई बोलाएका थिए ।

मुख्य रुपमा राष्ट्रियसभा गठनसम्बन्धी छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त विषयमा पछिल्लो समय दलहरुबीच विवाद बढ्दै गएको थियो । राष्ट्रियसभा गठनको विषयलाई लिएर दलका नेताहरुबीच सार्वजनिक अभिव्यक्तिहरु आएका थिए । जसमा नेताहरुले एक अर्कालाई आरोप लगाउने र राष्ट्रियसभा गठनसम्बन्धी फरक-फरक धारणा बाहिर आएका थिए ।

सरकारले राष्ट्रियसभा गठनका लागि एकल संक्रमणीय व्यवस्था राखेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो । जसको वाम गठबन्धनमा सहभागी नेताहरुले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन गर्नुपर्ने भन्दै उक्त विधेयक पारित नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । राष्ट्रियसभा गठनको प्रणालीबारे सरकार र वाम गठबन्धनको फरक-फरक धारणा आएपछि उक्त विधेयक राष्ट्रपति कार्यालयले जारी गरेको थिएन ।

राष्ट्रपतिले प्रधानमन्त्रीलगायत दलका शीर्ष नेताहरुलाई विधेयकमा सहमति गरेर आउन आग्रह गरेकी थिइन् । यो बीचमा राष्ट्रियसभा गठनको प्रक्रिया कस्तो हुने भन्ने विषयमा दलका शीर्ष नेताहरुबीच छलफल भएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भने निर्वाचन पहिलेदेखि नै भेटघाट भएको थिएन । अध्यक्ष ओलीले निर्वाचनपछि प्रधानमन्त्रीसँग फोनमा समेत वार्ता नभएको बताएका थिए ।

यता, माओवादी अध्यक्ष प्रचण्डसँग भने प्रधानमन्त्री देउवाको छलफल भएको थियो । आजको छलफलबाट राष्ट्रियसभा गठनको प्रणाली कस्तो हुने भन्ने विषयमा सहमतिमा पुगिने बताइएको छ । बैठकमा राष्ट्रियसभाको निर्वाचनबारे देखिएको विवादमा सहमति खोजी जारी गतिरोध हटाउने प्रयत्न हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।