प्रथम वीरगंज भेट्रान नकआउट फुटबल प्रतीयोगिता सुरु

   
79   पटक पढिएको

अञ्जली चौहान वीरगंजमा पौष २०७४ / 

आजदेखी प्रथम वीरगंज ८ साईड भेट्रान नकआउट फुटबल प्रतीयोगिता सुरु भएको छ ।

वीरगंज युथ एकेडेमी क्लबले आयोजना गरेको यस प्रतीयोगितामा ६ ओटा टीमको सहभागीता रहेको छ । प्रतीयोगितामा सहभागी हरेक टीममा चालिस वर्ष भन्दा माथिका खेलाडीले भाग लिएका छन् ।

आज भएको सिमरा भेट्रान क्लब र वीरगंज युथ युनाईटेड भेट्रान क्लब वीचको पहिलो खेलमा ४–० का विरुद्ध वीरगंज युथ युनाईटेड भेट्रान क्लब विजयी भएको हो ।

त्यस्तै आयोजक टोली वीरगंज युथ एकेडेमी भेट्रान क्लब र हाम्रो फुटबल भेट्रान क्लब वीरगंज वीच भएको दोश्रो खेलमा १ का विरुद्ध आयोजक टोलि वीरगंज युथ एकेडेमी विजयी भएको छ ।

आजको भएको दुवै खेलको म्यान अफ दी म्याच क्रमश दुई गोल गर्ने वीरगंज युथ युनाईटेड भेट्रान क्लबका सुदीप श्रेष्ठ र वीरगंज युथ एकेडेमी क्लबका मेघराज श्रेष्ठ घोषित हुनुभएको छ ।

आजको प्रतीयोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका पुर्व अधयक्ष तथा पर्साको निर्वाचन क्षेत्र नम्बर २ का सांसद वीमल श्रीवास्तवले खेलाडीलाई बल पास गरेर गर्नुभएको वीरगंज युथ एकेडेमी क्लब वीरगंजका संयोजक हेमन्त चौरसियाले बताउनुभयो ।

प्रतीयोगिताको उद्घाटन सत्रमा शुभकामना मन्तव्य फुटबल संघका पुर्व अध्यक्ष एवं समाजसेवी पशुपति विक्रम साह र स्वागत मन्तव्य पुर्व अन्तराष्ट्रिय खेलाडी ऋतु शाक्यले गर्नुभएको थियो ।

आजको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समतिीका अध्यक्ष मानदेव हजरा , समाजसेवी उषा विक्रम साह , वरीष्ठ फुटबल प्रशिक्षक हरि बहादुर श्रेष्ठ , पर्सा जिल्ला खेलकुद विकास समितिीका उपाध्यक्ष दिपक तिवारी , पुर्व अन्तराष्ट्रिय खेलाडी ललित थापा , पर्सा जिल्ला खेलकुद विकास समितिका कोषध्यक्ष दिनानाथ रौनियार , पर्सा जिल्ला फुटबल संघका पुर्व उपा अध्यक्ष रमेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतीयोगिता अन्तर्गत भोलिको खेलमा वीरगंज वीरगंज युथ युनाईटेड भेट्रान क्लब र चितवन भेट्रान क्लब तथा वीरगंज युथ एकेडेमी क्लब र हुटौडा भेट्रान क्लब वीच हुने आयोजकले जनाएको छ ।

प्रतीयोगिताको अन्तिम खेल पुष ८ गते शनिवार हुने आयोजक क्लबका संयोजक चौरसियाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।