साफ यू–१५ महिला फुटबलमा नेपालकाे यात्रा समाप्त

   
12   पटक पढिएको

काठमाडौँ, ६ पुस । भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । 

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक एकको बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो । 

खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि ८१ आैँ मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाए पनि नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल एक एकको बराबरीमा सकियो । 

चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगितामा आफ्नो सम्भावना समाप्त गरेको छ । च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–०ले पराजित नेपाल दोस्रो खेलमा भारतसँग १०–० ले हारेको थियो । 

जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन् । अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एक खेलमा हार र दुई खेलमा जीत निकालेको भारत छ अंकसहित दोस्रो स्थानमा छ । फाइनल खेल आइतबार हुनेछ । रासस

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।