राजपा र फाेरम पनि एकल संक्रमणीय मतको पक्षमा, अालंकारिक राष्ट्रपति कार्यकारी बन्न खोजेको आरोप

   
19   पटक पढिएको

काठमाडाैँ, ६ पुस । राष्ट्रिय सभा गठनका बारेमा विवाद भइरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेशी गठबन्धनले भने एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने धारणा स्पष्ट पारेकाे छ । साथै उसले राष्ट्रपतिले तत्काल राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत गर्नुपर्नेमा जाेड समेत दिएकाे छ ।

एमाले–माओवादीसहितको वाम गठबन्धन र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय सभा गठनको विषयमा विवाद हुँदै आएको छ । वाम गठबन्धनले बहुमतीय मत प्रणालीका आधारमा राष्ट्रिय सभा गठन गर्नु पर्ने अडान लिएको छ भने लोकतान्त्रिक गठबन्धनले एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठन हुनु पर्ने अडान राखेको छ ।

राष्ट्रिय सभा गठन विधेयक व्यवस्थापिका संसदबाट पारित हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को निर्णयका आधारमा अध्यादेशमार्फत राष्ट्रपति समक्ष पेश गरेका हुन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमाथि राजनीतिक सहमति हुनु पर्ने धारणा राखेर प्रकृया अगाडि बढाएकी छैनन् ।

मधेशी गठबन्धनका नेता एवं राजपाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णले भने, ‘हामी एकल संक्रमणीय मतको पक्षमा छौं । एकल संक्रमणीय प्रणाली समावेशी प्रणाली हो । हामी समावेशीको पक्षधर हौं । त्यसकारण हामी एकल संक्रमणीयलाई नै मान्छौं ।’

संघीय समाजवादी फोरमका महासचिव रामसहाय प्रसाद यादवले पनि कर्णले झै एकल संक्रमणीय मतमा राष्ट्रिय सभा गठन हुनुपर्ने बताए ।

‘राष्ट्रिय सभामा सबै उपेक्षित समुदायको सहभागिता आवश्यक छ । हामी सबैको सहभागिता चाहन्छौं,’ गठवन्धनका नेता एवं ससफोका महासचिव यादवले पहिलोपोस्टसँग भने, ‘एकल संक्रमणीय मतमा आधारित हुनुपर्छ । मधेशी–जनजाति र उपेक्षित वर्गको पक्षमा यही उचित हुन्छ। हाम्रो पार्टी र गठवन्धनको यही धारणा छ ।’

राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले एकल संक्रमणीय मत प्रणालीले राजपालाई दुई नम्बर प्रदेशमा घाटा हुने तर अन्य प्रदेशमा फाइदा हुने बताए । लालले भने, ‘हामीलाई एउटा प्रदेशमा घाटा होला भनेर चिन्ता गर्नुभन्दा सबैको हितमा काम गर्नुपर्छ । त्यसकारण एकल संक्रमणीय मतको पक्षमा मधेशी गठबन्धन छ ।’

राष्ट्रपतिले राष्ट्रिय सभा गठन विधेयक अड्काएकोप्रति आक्रोश व्यक्त गर्दै लालले भने, ‘राष्ट्रपति यो देशमा अलांकारिक हुन् । राष्ट्रपतिलाई स्वविवेकीय अधिकार छैन । संविधानको धारा ६६ ले स्पष्ट पारेको छ । तर, राष्ट्रपति कार्यकारी बन्न खोज्दै हुनुहुन्छ ।’

‘मन्त्रिपारिषद्को अध्यादेश राष्ट्रपतिले एकछिन पनि रोक्नु हुँदैन,’ लालले भने, ‘राष्ट्रपतिले आफुलाई संविधानमाथि मान्नुभएको छ । जसकारण उहाँले दुई महिनादेखि झुड्याएर राख्नुभएको छ ।’

संविधानले इंकित गरिसकेको कुरामा सहमति आवश्यक नभएको तर्क गर्दै लालले अहिले राष्ट्रिय सभा गठनका विषयमा राजनीतिक सहमति गर्न खोज्नु संविधानभन्दा माथि हुने बताए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।