डुङ्गा दुर्घटना, सयाैँ बेपत्ता

   
18   पटक पढिएको

मनिला, ६ पुस । फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको समाचार छ ।

बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् ।

उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।

मनिला सहरबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमासो दुर्घटना भएको जनाइएको छ । फिलिपिन्स द्वीपमा खराव मौसमको कारण सो दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

उद्धारको लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।