शिव र सेलिनाले वीरग‌ंज झुमाउने

   
611   पटक पढिएको

काठमाडौँ, ५ पुस । बजाजले आफ्नो ब्यापार विस्तारका लागि यहि पौष ११ गते वीरगंजमा बृहत्त सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुलाई मंचमा उतार्ने बजाजले जनाएको छ ।

नेपालका चर्चित गायक शिव परियार र गायीका सेलिना कुवँर सोहि कार्यक्रमका लागि वीरगंज जाँदैछन् । वीरगंजमा परियार र कुवँरले दर्शकलाई झुमाउने छन् । स्थानीय भोजपुरी भाषा र नेपाली भाषामा गित गाएर त्याहाँका दर्शकलाई मनोरञ्जन दिन आफुहरु तयार रहेको गायीका सेलिनाले बताइन् ।

यस्तै कृष्ण विसीको नृत्य समुहले पनि वीरगंजका दर्शकमाझ मनोरञ्जन दिने छ । बजाजले आफ्नो विश्वकै उत्कृष्ट ३ चक्के सवारीको प्रवर्दनका लागि कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा स्थानीय कलाकार सुनिल पंडितको पनि प्रस्तुति रहने छ । जिल्ला प्रहरी कार्यालय अगाडी रहेको रातो बंगला ग्राउण्डमा विहान ११ बजे देखि शुरु हुने कार्यक्रम बेलुका ५ बजे सम्म चल्ने आयोजक बजाज कम्पनीले जनाएको छ ।

कार्यक्रममा स्थानीयभाषामा चेतनामूलक नाटक प्रदर्शनी गरिने छ भने कार्यक्रम स्थलमा विभिन्न परिकारका फुड स्टल समेत राखिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।