विरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दै भोलीबाट युवाहरुले आन्दोलन गर्ने

   
153   पटक पढिएको

वीरगंज,४ पौष
विरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस र बाम गठबन्धनका युवाहरुले बुधबारबाट आन्दोलन शुरु गर्ने भएका छन । 

आज वीरगंजमा सम्पन युवाहरुको भेलाले वीरगंजलाई प्रदेश नं.२ को राजधानी बनाउनुपर्ने माग गर्दै भोलीबाट आन्दोलन गर्ने निर्णय गरेको तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले बताउनुभयो । 

बुधबार अपरान्ह ४ बजे युवाहरुले वीरगंज भोजपुरा प्रदेशको केन्द्र रहेको हुदा राजधानी बनाउन घण्टाघरबाट दवावमुलक रयाली निकाल्ने भएको छ ।

बैठकमा नेकपा एमालेका युवा नेताहरु मनोज चौधरी,युवा संघ पर्साका अध्यक्ष श्याम गुप्ता , ,अरुण यादव ,माओबादी केन्द्रका मुकेश पाल ,नेपाली कांग्रेस पर्साका जिल्ला सचिव श्याम पटेल ,क्षेत्रीय सभापति अरविन्द गुप्ता ,तरुण दल पर्साका अध्यक्ष विरेन्द्र पटेल,नेविसंघका केन्द्रिय सदस्य सुधिर पटेल लगायतको सहभागिता रहेको लोकेश सिंहले जानकारी दिनुभयो । 

यसैबीच बैठकपछि आज साझ जारी गरिएको संयुक्त विज्ञप्तीमा बारा ,पर्साका सम्पुर्ण युवाहरुलाई भोली निकालिने दवावमुलक रयालीमा सहभागि हुन आहवान समेत गरिएको छ ।  

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।