डिआजी खनालद्वारा ट्राफिकलाई निर्देशन: सर्वसाधारणलाई सडक सभ्याता सिकाउनुस

   
123   पटक पढिएको

काठमाडौं– सडक सभ्यता सिकाउन र ट्राफिक नियम पालना गराउन प्रोत्साहित गर्ने उदेश्यले उपत्यकामा एक हप्ते ट्राफिक जनचेतना कार्यक्रम सुरु भएको छ । खासगरी बस स्टपहरुमा लाइनमा लागेर सार्वजनिक सवारी चढ्ने संस्कृती विकास गर्ने अभियानको मुख्य उदेश्य छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि एक हप्ते अभियान सुरु गरेको हो । चाबहील, गौशला, कोटेश्वर, बानेश्वर, रत्नपार्क, एनएसी लगायतका क्षेत्रमा ट्राफिक महाशाखाका डिआईजी सर्वेन्द्र खनाल आफैं पुगेर ट्राफिक जनचेतना कार्यक्रममा सहभागी भएका छन् । 

‘गाडि चढ्दा लाइन बसेर चढ्ने संस्कृती हामीले विकास गर्न खोजेका हौं,’ डिआईजी खनाल भन्छन्,‘त्यसका साथै अन्य ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन एक हप्ते अभियान सुरु गरिएको हो ।’ 

राजधानीको बनस्थली चोकमा लामो समयदेखि यात्रुहरु लाइन बसेर सार्वजनिक यातायात चढ्छन् । रत्नपार्क लगायत अन्य स्थानहरुमा पनि हालै लाइन बसेर सार्वजनिक सवारी चढ्ने संस्कृती सुरु भएको छ । राजधानीका सबै जसो स्टेशनमा लाइन बसेर सार्वजनिक सवारी चढ्ने परिपाटी विकास गर्न ट्राफिक महाशाखाले नेतृत्व लिएको हो । 

खासगरी कार्यालय समयमा महिला र बृद्धबृद्धाहरुलाई सार्वजनिक सवारी चढ्न निकै मुस्किल हुने गरेको छ । कार्यालय समयमा यात्रु धेरै हुने तथा सवारी साधन थोरै हुने भएकाले गाडि चढ्न ठेलमठेल हुने गरेको छ । यस्तो प्रवृत्तीलाई निरुत्साहित गरी पहिला आउने पहिला सवारी चढ्ने गरी ट्राफिक प्रहरीले सिष्टम बसाल्न लागेको हो । 

महिला र पुरुषको छुट्टै लाइन र बृद्धबृद्धाहरुलाई सुरुमा गाडि चढाउने सिष्टम बसाल्न लागिएको डिआईजी खनालले बताए । ट्राफिक प्रहरीको नेतृत्वका आइतबार राधधानीका अधिकांश स्टेशनहरुमा लाइनमा बसाएर सार्वजनिक सवारी चढ्न बानी बसालिएको थियो ।

डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई कार्यालय समयमा लाइन बसाल्ने सिष्टम सुरु गर्न महाशाखाले निर्देशन दिएको छ । बिद्यार्थी तथा स्काउटसँग मिलेर महाशाखाले ट्राफिक जनचेतना अभियान अघि बढाएको हो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।