उच्च शिक्षा परामर्शको लागि ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा शुभारम्भ

   
163   पटक पढिएको

वीरगन्ज मंसिर २९

वीरगन्जमा ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा उदघाटन भएको छ ।आज एक कार्यक्रमका बीच वीरगन्ज पब्लिक कलेजका निर्देशक एवं समाजसेवी प्राध्यापक डा.दिपक शाक्यले शाखाको उदघाटन गर्नु भएको छ ।

 वीरगन्जको आदर्शनगर राणीसती मन्दीर नजिकै संचालित शाखाको आज देखि सेवा शुभारम्भ गरिएको ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरबाट स्नातक, स्नातकोत्तर लगायत सम्पुर्ण तहको उच्च शिक्षाका लागि परामर्श दिइने छ । 

 

वैदेशिक शिक्षा परामर्शका लागि अब राजधानी धाई राख्नु नपर्ने ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरका वीरगंज शाखा प्रमुख विजय कुशवाहाले बताउनु भयो ।

 

वहाँले काठमाण्डौका शैक्षिक परामर्श केन्द्रहरुले दिने सम्पुर्ण सेवाहरु अब ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टर वीरगंज शाखाबाट प्राप्त हुने बताउनु भयो ।

 

यस सेन्टरबाट ईन्जिनियरिङ्ग, मेडिकल, व्यवस्थापन लगायतका विभिन्न संकायका विधार्थीहरु संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया, यूरोप, भारत, बंगलादेश, चीन, जापान, लगायतका मूलुकमा शिक्षा लिन जान सकिने समेत शाखा प्रमुख कुशवाहाले बताउनु भयो ।

 

उदघाटन समारोहमा ग्लोबल एजुकेशन काउन्सलिङ्गका प्रबन्ध निर्देशक नासिर अहमद खान, एकेडेमिक कोर्डिनेटर आरती शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष के.सि. लामिछाने, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, पत्रकारहरु रितेश त्रिपाठी, शेखर छतकुली, संजय साह, नेहाल खान, पुरुषोत्तम सिंह भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।