बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

   
145   पटक पढिएको

राम मण्डल मंसिर २९ बीरगञ्ज 
बारा जिल्लामा पनि समुनपातीक तर्फ मतगणना पनि सम्पन्न भएको छ । बारा जिल्लामा नेपाली कांग्रेस प्रतिनिधी र प्रदेश सभामा समानुपतिक तर्फ सर्बाधिक मत प्राप्त गर्दै पहिलौ स्थानमा रहन सफ भएको छ ।कुल ३४९९४९ मतदाता रहेको बारामा कांग्रेसले प्रतिनिधी सभामा कुल ५२४४७ मत पाएको छ भने प्रदेश सभामा कुल ४८८५ मत पाएको छ ।दोस्रो स्थानमा रहेको नेकपा एमालले प्रतिनिधी सभामा ४६९४३ मत पाएको छ भने प्रदेश सभामा ४२१०८ मत पाएको छ ।तेस्रो स्थानमा रहेको संघीय समाजबादी फोरम नेपालले प्रतिनिधी सभातर्फ कुल ४३२५५ मत ल्याएको छ भने प्रदेश सभामा ३९५५५ मत ल्याएको छ ।चौथो स्थानमा रहन सफल राजपा नेपालले प्रतिनिधी सभामा ३७२०३ मत पाएको छ भने  प्रदेश सभामा ३३६७८ मत पाएको छ ।यसैगरि नेकपा माओबादी केन्द्रले प्रतिनिधी सभामा १८३८७  मत पाएको छ भने प्रदेश सभा तर्फ उसले १८५७१ मत ल्याउन सफल भएको छ ।राप्रपाले प्रतिनिधी सभामा५०५४ मत प्रदेश सभामा  २७४८ मत नेपाल संघीय समाजबादी पार्टीले प्रतिनिधी सभामा ४००८ मत,प्रदेश सभामा ३८८६ मत पाएको छ ।बिबेकशिल साझा पार्टीले प्रतिनिधी सभामा १६६० प्रदेस सभामा १३३३ मत ल्याएको छ ।नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधी सभामा १०८६ मत पाएको छ भने प्रदेश सभामा ११६० मत ल्याएको छ ।
तस्बिर डिजाईन राम मण्डल

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।