पर्साबाट नव निर्बाचित  उम्मेदवारहरुको बृहत बिजय जुलुस आज पनि जारी 

   
146   पटक पढिएको

मंसिर २७ बीरगञ्ज
पर्सा जिल्लाबाट प्रतिनिधी र प्रदेश सभामा निर्बाचित भएका उम्मेदवारहरुले सोमबार बृहत बिजय जुलुस निकालेका छन ।बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीको निवासबाट निस्किएको रयाली पिपरा,चिनिमिल पिपरा,बहुवरि,बाईपास हुँदै लक्ष्मनवा,भेडियाहि,भिस्वा,नगवा,घुसुकपुर,ईनरवा,छपकैया बिर्ता,कुम्हारटोल,रामटोल,गहवा,पानिटंकि,रानिघाट,श्रीपुर मुर्लि नयकाटोला,तेजारथटोल,राधेमाई मंदिर अगाडि बिसर्जन हुने फोरम नेपाल पर्साका कार्यबाहक अध्यक्ष सुन्दर कुर्मीले जानकारी दिनुभयो ।रयालीमा क्षेत्र नम्बर १ बाट नवनिर्बाचित प्रतिनिधी सभा सदस्य प्रदिप यादवलाई चाँदीको मुकुट र ५१ केजीको मालाले स्वागत गरिएको थियो ।बिजयी रयालीमा पर्सा प्रतिनिधी सभा क्षेत्र नम्बर १,२,३,४ बाट नव निर्बचित प्रतिनिधी सभा सदस्यहरु प्रदिप यादव,बिमल श्रस्वास्तव,हरिनारायण रौनियार,लक्षमण लाल कर्ण यस्तै नव निर्बाचित प्रदेश सभा सदस्यहरु जन्नत अन्सारी,रमेश कुर्मी,रहिम अन्सारी,लाल बाबु राउत गदी लगायतको सहभागिता रहेको छ ।रयालीमा फोरम राजपा गठबन्धनका नेता कार्यकर्ता,स्थानीय बासी,सर्ब साधारण लगायतको उल्लेखनिय रुपमा सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।