यस्ताे छ नेपालका चर्चित कलाकारहरूकाे अात्महत्या प्रकरण

   
40   पटक पढिएको

काठमाडाैँ । जब मानिस आफुले आफुुलाई सम्हाल्न सक्दैन अन्त्यमा आत्महत्याको बाटो रोज्दछ । हामीलाई लाग्छ आत्महत्या जीवनबाट अभाव र असफलता हुँदा बढी आत्महत्यका घटनाहरु हुन्छन् । तर हामीले बाहिरबाट हेर्दा जतिसुकै सुखी र खुसी देखिने मानिस पनि भित्री मन सुखी छ या छैन थाहा पाउन गाह्रो पर्दछ ।

ठूला ठूला धनाढ्य देखि राजनीतिज्ञ वा कलाकारसम्म नै आत्महत्याको शिकार बनेको बेलाबेलामा सुनिरहेका हुन्छौ । यसबाट के कुरा स्पष्ट हुन्छ भने आफ्नो मन समाल्न नसक्दा मानिस आत्महत्या गर्दछ । जसमा नेपाली सेलिब्रेटीहरु पनि पर्दछन् । तसर्थ आत्महत्या गर्ने केही सेलिब्रेटीहरुको तल चर्चा गरिएको छ ।

श्रीषा कार्की

२०५९ साल असोजमा आफ्नो नग्न तस्बिर जनआस्था साप्ताहिकमा प्रकाशित भएपछि मानसिक तनाव खेप्न नसकेर अभिनेत्री श्रीषा कार्कीले आत्महत्या गरिन् । श्रीषाले भैसैँपाटीस्थित आफ्नौ घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
श्रीषाले सन् २००२ मा आत्महत्या गरेकी थिइन् । त्यसबेला उनी २४ वर्षकी थिइन् । श्रीषा सानै उमेरमा राम्रो सफलता हात पार्ने अभिनेत्री हुन् । उनले सुख दुख, बाचा बन्धन, सोल्टिनी, अंशबण्डा, आवारालगायतका नेपाली सिनेमामा काम गरिसकेकी थिइन् ।

कुल पोख्रेल

गायक कुल पोख्रेलले पनि आत्महत्या गरे र यो संसारबाट बिदा भए । लागुपदार्थ दुव्र्यसन र मानसिक तनावका कारण कुलले आत्महत्या गरेका हुन् । गायन कलाका कारण सानैदेखि चर्चामा आएका उनले २०६१ सालमा २३ बर्षको उमेरमा आत्महत्या गरेका थिए । कुलले मानसिक सन्तुलन गुमाएर आत्महत्याको बाटो रोजेका थिए । ‘बोलाउँदा नि बोल्दिनौ’ बोलको गीतबाट कुलले निकै चर्चा बटुले । आमा, यसपालिको दशैं कुलका चर्चित गीतहरु हुन् ।

योगिता मोक्तान

गायिका योगिता मोक्तान पनि आत्महत्या गरेर यो संसार छाड्ने निर्णयमा पुगिन् । व्यक्तिगत सम्बन्धहरुलाई सन्तुलन गर्न नसक्दा मानसिक तनावमा परेकी उनले सन् २०११ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

आलोक नेम्वाङ

आलोक नेम्वाङ पनि आत्महत्या गर्ने सेलिब्रेटीमा पर्छन् । उनले २०७१ साल कात्तिक १९ गते धापासीमा रहेको आफ्नै अपार्टमेन्टको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए ।

घरमा एक्लै बस्ने उनका साथीको नाममा एउटा कुकुर र एउटा बिरालो मात्रै थिए । आलोकको आत्महत्याको कारण उनको महिलातर्फ नभएर पुरुषतर्फको झुकावलाई मानिएको छ । उनको यो झुकावलाई समाज र परिवारले स्वीकार्न नसकेपछि उनले आत्महत्या गरेका थिए । अमेरिकामा अध्ययन सकेर फर्केका उनले इमेज च्यानलबाट काम शुरु गरेका थिए । उनले पहिलो पटक नवीन के भट्टराईको ‘लाखौँ पटक मैलै काशिस गरेँ’ बोलको गीतको भिडियो निर्देशन गरेका थिए ।

त्यसपछि उनले राजन इशानको ‘बसमा छैन मेरो मन’लाई पनि निर्देशन गरे । भिडियोले निकै चर्चा पायो । पछि क्रमश आलोकले निर्देशन गरेका म्युजिक भिडियोहरु चर्चामा रहे ।

आलोकले अहिलेका चर्चित नायक र नायिकाहरुलाई ब्रेक पनि दिएका छन् । अभिनेत्री नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र कर्मालाई सिनेमा सानो संसारबाट आलोकले नै ब्रेक दिएका थिए ।

सानो संसार आलोकको पनि पहिलो सिनेमा थियो । त्यसपछि उनले कोही मेरो र अmझै पनि निर्देशन गरेका थिए । ‘अझै पनि’ रिलिज हुनु भन्दा केही समय अघि मात्रै अलोकले यो संसार छाडेका हुन् ।

जेसिका खड्का

अभिनेत्री तथा मोडल जेसिकाले पनि मानसिक तनावलाई खेप्न नसकेर आत्महत्याको बाटो रोजिन् । उनले सानै उमेरमा संसार छाड्ने निर्णय आफै लिइन् । लोक तथा हाँस्य गीतका सर्जक प्रकाश ओझासँगको यौनकाण्डपछि उनले आत्महत्या गरेकी थिइन् । उनको यौनकाण्डको भिडियो नै सार्वजनिक भएको थियो । वास्तविक नाम ज्योति खड्का भएकी उनले नाम फेरेर जेसिका बनाइन् र केही सिनेमामा पनि काम गरिन् ।

तर उनी नाम फेर्दापनि बर्षौँसम्म मानसिक तनावबाट बाहिर आउन सकिनन् जसका कारण सन् २०१२ मा आत्महत्या गरिन् । जेसिकाले जंगल र लभ सिनेमामा काम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।