बारा जिल्लाको अन्तिम चुनावी मत परिणाम बिस्तृत बिबरण सहित

   
59   पटक पढिएको

राम मण्डल मंसिर २५ बीरगञ्ज 
बाराका सबै चार प्रतिनिधीसभा सदस्यको अन्तिम नतिजा आइसकेको छ । बाराका चार प्रतिनिधीसभा सदस्य मध्ये तीन क्षेत्रमा फोरम नेपाल र राजपा गठबन्धनले बाजी मारेको छ भने एक क्ष्।ेत्रमा  काँग्रेस विजयी भएको छ ।बाराको क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका उमाकान्त चौधरी विजयी हुनुभएको छ । काँग्रेसका चौधरी २४ हजार चार सय ५० मतका साथ प्रतिनिधीसभा सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीलले २२ हजार ३० मत प्राप्त गर्नुभएको छ । राजपाका उम्मेदवार रामकिशोर यादवले भने २० हजार १ सय ४४ मत पाउनु भएको छ ।  यस्तै बाराको क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा फोरम नेपाल राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपाल बाराका अध्यक्ष रामबाबु कुमार यादव विजयी हुनु भएको छ । यादवले एमालेका उम्मेदवार अध्यानद पाण्डे र श्रम तथा रोजगार मन्त्री समेत रहेका काँग्रेस केन्द्रिय सदस्य फरमुल्लाह मन्सुरलाइ पराजित गर्नु भएको हो । फोरम नेपालका यादव २१ हजार ३ सय ३६ मतका साथ विजयी हनु भएको हो भने उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका पाण्डेले १६ हजार ३ सय ६२ र  काँग्रैसका मन्सुरले १६ हजार ८६ मत मात्रै पाउनु भयो ।    यस्तै बाराको क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा राजपा फोरम नेृपाल गठबन्धनका उम्मेदवार एंव राजपाका नेता एकबाल मियाँ विजयी हुनुभएको छ । मियाले एमालेका देवनारायण चौधरीलाइ पराजित गर्नुभएको हो । मियाँले २२ हजार दुइ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धद्धी एमालेका चौधरीले २० हजार ६ सय ७ मत प्राप्त गर्नु भयो । त्यस क्षेत्रमा काँग्रेसका लालबाबु सिंहले भने १४ हजार पाच सय १६ मत मात्रै प्राप्त गर्नु भयो । यस्तै  बाराको क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव भारी मत अन्तरले विजयी भएका छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द यादवलाई १२ हजार ३ सय ९५ मतको फरकले पराजित गर्दै फोरम नेपालका महासचिव यादव विजयी भएका हुन् । उनले २८ हजार १ सय ८५ मत ल्याएका छन् भने काँग्रेसका राधेचन्द यादवले १५ हजार ७ सय ९० मत ल्याएका छन्  । पहिलो संविधान सभाका सामानुपातिक सभासद बनिसकेका रामसहाय फोरम अद्र्धभुमिगत अवस्थामा रहँदादेखि नै पार्टीका महासचिव हुन् । 
प्रदेश सभा कुल आठ क्षेत्र
आठवटा प्रदेश सभा क्षेत्र भएको बारामा राजपा–फोरम गठवन्धनले पाँच वटा वाम गठवन्धनले तीनवटा क्षेत्रमा जीत हासिल गरेका छन् । नेपाली कांग्रेसले बारामा प्रदेश सभा सदस्य तर्फ एउटा पनि स्थानमा जीत दर्ता गर्न सकेन । प्रदेश सभा सदस्य क्षेत्र १ ख, २ क , ३ ख , ३ ख र ४ ख मा राजपा–फोरम गठवन्धन विजयी भएको छ भने क्षेत्र १ क, ३ क र ४ क मा वाम गठवन्धन विजयी भएको छ  । 
बाराको क्षेत्र नम्बर १ को ‘क’ को प्रदेशसभा सदस्यमा बामगठबन्धनका उम्मेदवार एंव एमाले नेता त्रिलोकी चौधरी विजयी हुनु भएको छ । उहाले काँग्रेसका उम्मेदवार पेमा सिद्धी लामालाइ एक हजार नौ सय ६१ मत अन्तरले पराजित गर्नु भएको हो । चौधरीले १८ हजार आठ सय ४५ मत पाउनु भयो भने लामाले १६ हजार चार सय ८४ मत पाउनु भएको छ । त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ’क’ मा राजपा फोरम नेपााल गठबन्धनका शारदा शंकर प्रसाद कलवार विजयी भएका छन् । उनले १६ हजार ६ सय ७१ मत प्राप्त गरी बिजय भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रामप्रवेस प्रसाद यादबले ८ हजार १ सय मत प्राप्त गरेका छन् । बाम गठबन्धनका उम्मेदवार गणेश प्रसाद साह कलवारले भने ४ हजार २ सय ७९ मत ल्याएका छन् । त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ’ख’ मा राजपा फोरम नेपााल गठबन्धनकै बच्चा यादव विजयी भएका छन् । यादवले ११ हजार ५ सय ३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार मणीभुषण यादवले ६ हजार १ सय १९ मत पाएका छन् । तेश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जलान्धर सिंहले ५ हजार ८ सय ४ र चौथो स्थानमा रहेका एमालेका रामसागर यादवले भने २ हजार ७ सय ७९ मत पाएका छन् ।  

त्यस्तै बाराको क्षेत्र नम्बर ३ को ‘क’ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी ज्वाला साह विजयी भएकी छन् । उनले ११ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका रामनन्द प्रसाद यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् । राजपा फोरम नेपाल गठबन्धनका रुपलाल चौधरीले भने ६ हजार ३ सय ८२ मत पाएका छन् । त्यस्तै बाराको क्षेत्र नम्बर ३ को ‘ख’ को प्रदेशसभा सदस्यमा फोरम नेपालका पारस साह विजयी भएका छन् । साहले ११ हजार ५ सइ १७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार जयचन्द चौरसीयाले चार हजार ३ सय ८६ मत पाएका छन् भने तेश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार मलामुदिन अन्सारीले  ३ हजार सात सय ३९ मत र एमालेका उम्मेदवार महम्मद समीउल्लाहले भने ३ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।  त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्बर ४ को क को  प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार एंव नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर विक विजयी भएका छन् । उनि ११ हजार ७ सय ७० मत ल्याई विजयी भएका हुन् । उनका प्रतीद्वन्दी नेपाली काग्रेसका ओम कृष्ण कार्कीले ८ हजार ३ सय २३ मत ल्याएका छन् । त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्बर ४ को ख को  प्रदेश सभा सदस्यमा राजपाका महामन्त्री जितेन्द्र सोनल विजयी हुनु भएको छ । सोनल १३ हजार एक सय १८ मतका साथ निर्वाचित हुनु भएको हो । उहाका निकटतम प्रतीद्वन्दी बामगठबन्धनका उम्मेदवार एंव माओवादी केन्द्रका उम्मेदवार ५ हजार ६ सय ९३ मत र नेपाली काग्रेसका विजय गुप्ताले ५ हजार एक सय ३३ मत ल्याउनु भएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।