पर्सामा मधेशी गठबन्धको क्लिन स्विप 

   
121   पटक पढिएको

राम मण्डल बीरगञ्ज मंसिर २५
गत मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधी र प्रदेश सभा निर्बाचन अन्र्तगत पर्सा जिल्लाको ४ वटै प्रतिनिधी सभा सदस्यहरुको अन्तिम मत परिणाम सार्बजनिक भएका छन ।जस अनुसारप्राप्त पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधी सभामा फोरम राजपा गठबन्धनका प्रदिप यादव बिजयी भएका छन ।उनले २११३२  मत प्राप्त गरि बिजयी हुनु भएको हो । यादवले आफना निकटतम प्रस्पिर्धी कांग्रेसका अनिल रुंगटालाई  ४६५१  मत अन्तरले पराजित गर्नुभएको हो ।रुंगटाले १६४८१  मत प्राप्त गरेका थिए ।यादव मतगणना शुरु भएदेखि नै अग्र स्थानमा रहनु भएको थियो भने रुंगटाले पछयाउदै आउनु भएको थियो ।यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले जम्मा ५४८१ मत मात्र ल्याउनु भएको थियोे।यसैगरि क्षेत्र नम्बर २ मा फोरम राजपा गठबन्धन कै उम्मेदवार बिमल श्रीवास्तव निर्बाचित हुनु भएको छ ।श्रीवास्तवले २१ हजार १ सय ६९ मत प्राप्त गरि बिजयी हुनु भएको हो ।श्रीवास्तव आफना निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय चौरसियासँग १४६५ मत अन्तरले जित हासिल गर्नुभएको हो । चौरसियाले १९ हजार ७ सय ४ मत ल्याउनु भएको थियो ।तेस्रो स्थानमा बाम गठबन्धनका माओबादी उम्मेदवार सलिम मन्सुरले ६७२९ मत पाउनु भएको थियो ।त्यस्तै पर्सा क्षेत्र नम्बर ३ मा पनि फोरम राजपा गठबन्धनका उम्मेदवार हरिनारायण रौनियार १५ हजार १ सय ६८ मत प्राप्त गरि बिजयी हुनु भएको छ ।रोनियार आफना निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र चौधरीलाई १३ सय ६७ मत अन्तरले पराजित गर्नुभएको हो ।चौधरीले १३ हजार ८ सय १ मत ल्याउनु भएको थियो ।यसैगरि बाम गठबन्धनका एमाले उम्मेदवार राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत प्राप्त गरेका थिए भने नेपाल संघीय समाजबादी पार्टीका राजकुमार यादवले १० हजार ९ मत प्राप्त गरेका थिए ।यसैगरि पर्साको क्षेत्र नम्बर ४ मा पनि फोरम राजपा गठबन्धनका राजपा उम्मेदवार लक्षमण लाल कर्ण २० हजार ७ सय ३८ मत ल्याई बिजयी हुनु भएके छ । कर्ण आफना निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजाललाई ६ हजार ४६ मत अन्तरले पराजित गर्नुभएको छ ।रिजालले १४ हजार ७ सय २ मत प्राप्त गरेका थिए भने बाम गठबन्धनका माओबादी उम्मेदवार उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको थियो ।त्यस्तै नेपाल संघीय समाजबादी पार्टीका ईम्दाद गदीले २ हजार ७ सय ८९ मत ल्याउनु भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।