पर्साकाे तीनवटा क्षेत्रमा फाेरम राजपा उम्मेद्वारकाे अग्रता

   
40   पटक पढिएको

वीरगंज, २४ मंसिर । पर्साकाे चार वटा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभा तर्फ ३ वटा क्षेत्रमा फाेरम राजपा गठबन्धनले अग्रता लिइरहेका छन् भने एक क्षेत्रमा मात्रै नेपाली कांग्रेसले अग्रता कायम गरेकाे छ ।  

यस्तै प्रदेश सभामा पनि फाेरम र राजपा गठबन्धनकै उम्मेद्वारले अग्रता लिइरहेका छन् । 

जिल्लाकाे क्षेत्र नम्वर १ मा प्रतिनिधिसभा तर्फ पछिल्लाे मत परिणाम अनुसार फाेरमका उम्मेद्वार प्रदीप यादव १७ हजार ७३ मतका साथ अग्रस्थान कायम राखेका छन् । उनले शुरूवात देखि नै कांग्रेसका अनिल कुमार रूंगटालाइ पछाडी छाेड्दै अाएका छन् । रूंगटाले १४ हजार ८४ मत प्राप्त गरेका छन् । यस्तै वाम गठबन्धनका एमालेका उम्मेद्वार विचारी यादवले  ४ हजार ८८६ मत मात्रै ल्याएका छन् । 

यस्तै क्षेत्र नम्वर दुइमा फाेरमका विमल श्रीवास्तवले १२ हजार ३७२ मत ल्याउँदै कांग्रेसका उम्मेद्वार अजय चाैरसियालाइ उछिनेका छन् । चाैरसियाले १२ हजार ७८ मत ल्याएका छन् । श्रीवास्तव र चाैरसियाबीच कडा टक्कर देखिएकाे छ । त्याहाँ वाम गठबन्धनका माअाेबादीका उम्मेद्वार समिल मन्सुरले ४ हजार ८११ मत ल्याएका छन् । 

यस्तै क्षेत्र नम्वर २ काे (ख) प्रदेश सभामा राजपाका उम्मेद्वार रमेश कुर्मी २ हजार ४०३ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामरुप कुर्मीले १ हजार ३१० मत ल्याएका छन् भने 
माओबादीका छोटेलाल कुर्मीले ५८१ मत ल्याएका छन् । 

यसैगरि क्षेत्र नम्वर ३ काे प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेद्वार सुरेन्द्र चाैधरीले अग्रता कायम गरेका छन् । चाैधरीले ७ हजार २२५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी फाेरमका हरिनारायण रौनियारले ६ हजार ३१३ मत ल्याएका छन् । वाम गठबन्धनका एमालेका राजकुमार गुप्ता ५ हजार ९४९ मत ल्याउँदै तेस्राे स्थानमा छन् । 

यस्तै क्षेत्र नम्वर ४ मा प्रतिनिधिसभाका लागि राजपाका उम्मेद्वार लक्षमणलाल कर्णले अग्रता कायम गरेका छन् । उनले ९ हजार १ सय २३ मत ल्याउँदै निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रिजालभन्दा अगाडी छन् । रिजालकाे ८ हजार ४३८ मत रहेकाे छ । यस्तै वाम गठबन्धनकाे माअाेबादी तर्फबाट उम्मेद्वार बनेका उर्मिला अर्यालले ५ हजार ५१३ मत ल्याएका छन् । 

क्षेत्र नम्वर ४ काे (ख) प्रदेश सभामा पनि फाेरमका उम्मेद्वारले अग्रता कायम गरेका छन् । फाेरमका उम्मेद्वार सिंहासन कलवारले ७ हजार ११८ मत ल्याएका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका वशीष्ठ नारायण कुर्मीले  ३ हजार ५४९ र वाम गठबन्धनकाे तर्फबाट उम्मेद्वार बनेका माअाेबादीका सुरेश कुर्मीले ३ हजार ७४ मत ल्याएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।