पर्सामा प्रतिनिधी सभा क्षेत्र नं १ मा प्रदिप यादव २ हजार मतले अगाडि

   
66   पटक पढिएको

राम मण्डल बीरगञ्ज मंसिर २३
पर्साको ४ वटै क्षेत्रहरुको मतगणना बिरगञ्जको श्रीपुर उच्च माबिमा भईरहेको छ ।प्राप्त पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधी सभामा फोरम राजपा गठबन्धनका प्रदिप यादवले  ८६२५ मत प्राप्त गरि शुरु देखि नै अग्र स्थानमा हिनु भएको छ ।।वहाँलाई नेपाली कांग्रेसका अनिल रुंगटाले ६६०१ मत ल्याई पछयाई रहेका छन ।यसैगरि बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले २७६७ मत प्राप्त गरि तस्रो स्थानमा हुनु हुन्छ ।यसैगरि प्रदेश सभातर्फ पर्सा क्षेत्र नम्बर एकको क बाट फोरम राजपा गठबन्धनका जन्नत अन्सारीले ६४२२ मत ल्याई अग्रस्थानमा हुनु हुन्छ ।वहाँलाईबाम गठबन्धनका उम्मेदवार माओबादीका रहबर अन्सारीले ५९७६  मत प्राप्त ल्याउदै पछयाई रहनु भएका छन । यस्तै कांग्रेसका रामनारायण कुर्मीले  ५६४९  मत प्प्त गर्नुभएको छ । यसैबीच पर्सा प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा कांग्रेसका अजय चौरसियाले ४५७८  मत प्राप्त गरि अग्र स्थानमा रहनु भएको छ ।वहाँलाई पछयाउदै फोरम राजपा गठबन्धनका बिमल श्रीवास्तवले ३४२३ मत प्राप्त गरेका छन ।यस्तै बाम गठबन्धनका उम्मेदवार माओबादीका सलिम मन्सुरले २५२१ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै पर्सा प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा फोरम राजपा गठबन्धनका हरिनारायण रौनियारले ३२६५  मत प्राप्त गरि अग्र स्थानमा रहनु भएको छ । उनलाई पछयाउदै कांग्रेसका सुरेन्द्र चौधरीले २९६५ मत ल्याउनु भएको छ । यस्तै २६२८  बाम गठबन्धनका उम्मेदवार एमालेका राजकुमार गुप्ताले  मत प्राप्त गरेका छन ।  नेपाल संघीय समाजबादी पार्टीका राजकुमार यादवले १३६३ मत प्राप्त गरेका छन ।यसैगरि प्रतिनिधी सभाको क्षेत्र नम्बर ४ फोरम राजपा गठबन्धनका राजपा उम्मेदवार लक्षमण लाल कर्णले ४५२३ मत ल्याई अग्र स्थानमा रहनु भएको छ।वहाँलाई पछयाउदै कांग्रेसका रमेश रिजालले १७८३  मत प्राप्त गर्नुभएको छ ।यस्तै बाम गठबन्धनका उम्मेदवार माओबादीकी उर्मिला अर्यालले ८४९  मत प्राप्त गरेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।