पर्सा जिल्लामा शान्तिपुण रुपमा मतदान सम्पन्न

   
36   पटक पढिएको

राम मण्डल बीरगञ्ज मंसिर २१ 
पर्सा जिल्लामा सबैै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ। । पर्सामा कुल मतदाता संख्या २ लाख, ८९ हजार, ५४ रहेको छ ।जसमा  पुरुष मतदाता १ लाख, ६४ हजार ६ सय २९ जना महिला मतदाता संख्या १ लाख २४ हजार ४ सय २ रहेको र तेश्रो लिङ्गी १६ जना रहेका थिए ।बिहान ७ बजे शुरु भएको मतदानमा बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था थियो । पर्साको धोविनी गाउँपालिकाको लंगडी टोल र गुलरीयामा समन्य बादबिबाद भएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वामा पनि समान्य झडप भएको थियो ।जिल्लाको बिन्दबासिनी गाउँपालिकाको सुगौली विर्ता टोलमा सामान्य विवाद भएपनि अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएको निर्बाचन कार्यालय पर्साले जनाएको छ।बिहीबार रातिसम्म जिल्लाका सबै मतपेटिकाहरु सदरमुकाम बीरगञ्ज ल्याईसक्ने मुख्य निर्बाचन अधिकृत नागेन्द्र लाल कर्णले बताए ।आज रातिसम्म सबै ठाउँका मतपेटिकाहरु बीरगञ्ज आईपुगछ वहाले भन्नुभयो मतपेटिका संकलन गरेपछि सर्बदलिय बैठक बसी शुक्रबार बिहान १० बजेदेखि मतगणना शुरु गर्छौ ।पर्सामा मतपेटिका संकलन गर्नका लागि १ सय ५० वटा बस सञ्चालन गरिएको थियो ।बीरगञ्जको श्रीपुर उच्च माबिमा मतगणना गरिने मुख्य निर्बाचन अधिकृत कर्णले जानकारी दिए ।मतगणना स्थलको सुरक्षालाई मध्यनजर गर्दै मतलगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिने पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्ष्क डा.गणेश रेग्मीले जानकारी दिनुभयो ।मतगणना स्थलको सुरक्षालाई बिशेष प्राथमिकतामा राखेका छौ बहाले भन्नुभयो मतगणना स्थलमा सिसि सटभी क्यामेरा जडान गर्छौ,नाईट भिजन क्यामेराको पनि ब्यावस्था यसपल्ट गरेका छौ ।मतगणना स्थलमा बिस्फोटक पदार्थ पता लगाउन  तालिम प्राप्त कुकुरको पनि ब्यावस्था गरेको प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो ।जिल्लामा शान्तिपुर्ण तरिकाले मतदान भएको र अब मतपेटिका ल्याई मतगण्ना स्थलमा पुरयाउनका लागि सशस्त्र प्रहरी नेपाली सेनाले बाटोमा स्कटिंग गरि मतपेटिका सुरक्षि रुपमा मतगणना स्थल सम्म पुरयाईने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेलले जानकारी दिनुभयो ।

१०६ वर्षीय मतदाताले गरे मतदान
बिरगञ्ज महानगरपालिका वार्ड न. २३ मा १०६ वर्षीय रसुल मियां अन्सारीले मतदान गर्नुभएको छ ।उनले आफनो नातीको सहारामार्फत मत खसाल्नु भएको थियो ।

दुई  किरियापुत्री मतदान गरे
पर्सामा दुई जना किरियापुत्रीले मतदान गरेका छन् ।पर्साको ठोरी गाउँपालिका वडा नं २ सरस्वती मावि मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । ठोरी गाउँपालिका २ चोक बजार निवासी ४४ बर्षिय प्रकाश खनाल र ४० बर्षिय प्रसुराम खनाल दाजुभाईले मतदान गर्नुभएको हो । बुवाको किरिया बसेका उनीहरुले किरियापुत्रीकै भेषमा भोट हालेका थिए ।  खनाल दाजुभाईका बुवा समाजसेवि हरि प्रसाद खनालको ८३ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डुको विर अस्पतालमा गत मंसिर १५ गते निधन भएको थियो । 

जिल्लामा जम्मा  १६७ मतदान स्थल कायम गरिएको मा ३५१ मतदान केन्द« तोकिएको थियो ।शान्ति सुरक्षालाई बिशेष ध्यान दिदै जिल्ला भरी मतदान केन्द« र मतदान स्थल तर्फ सुरक्षा व्यवस्था नेपाली सेना, शस्सत्र प्रहरी नेपाल प्रहरी र म्यादी प्रहरी गरी ६ हजार सुरक्षकर्मीह? परिचालन गरिएको पर्सा का प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले बताउनु भयो । मतदानका लागि  ३ हजार २ सय कर्माचारी परिचालन गरिएको पर्सा का मुख्य निर्वाचन अधिकृत नागेंन्द«लाल कर्ण ले जानकारी दिनुभयो । १६७ मतदान स्थल र ३५१ मतदान केन्द हरु मा मतदान कुल ७६ प्रतिशत खसेकोे जिल्ला निर्बाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुली ले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।