सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप, एक महिला गम्भिर, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्याे हवाई फायर

   
42   पटक पढिएको

सर्लाही, २१ मंसिर । सर्लाहीमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । एक जनाकाे अवस्था गम्भिर रहेकाे छ ।

जिल्लाकाे कौडेना गाउँपालिकाको फुलपरासी बुथमा भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनकालागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना-३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ ।

उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । घटनास्थलबाट घाइतेहरुलाई प्रहरीले एम्बुलेसमा राखी अस्पताल पुर्‍याएको थियो ।

झडप पछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारीरहेको प्रजिअ कटुवालले जानकारी दिए ।

झडपपछि मतदानस्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप भएको मतदान केन्द्र कांग्रेसको पकड एरिया मानिन्छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।