प्रदेश नं.२ को पहिलो बैठक वीरगंज चिनी कारखाना भवनमा हुने सम्भावना

   
276   पटक पढिएको

विरगंज,१९ मंसिर

सरकारले प्रदेशसभाको पहिलो  बैठक बस्ने सम्भावित भवन र ठाउ छनोट शुरु गरेको छ । 

प्रदेशसभा बैठक बस्ने भवन छनोट गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारले सातै क्षेत्रमा सम्भावित स्थान र भवन छनोट गरेको हो ।

 दुई नम्बर प्रदेशको लागी  जनकपुर चुरोट कारखानाको भवनलाई प्रदेशसभाको पहिलो बैठक स्थल तोक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । पौडेल कार्यदलले वीरगञ्जस्थित वीरगञ्ज चिनी कारखानाको भवन या नारायणी सिँचाइ कार्यालयको भवनमध्ये एक छान्न पनि सुझाएको छ । 

 दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर बनाउने कि वीरगञ्ज भन्नेमा विवाद छ । सरकारको यो छनोट अन्तिम नभएर प्रारम्भिक हो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावलगत्तै प्रदेशसभाको पहिलो बैठक बस्ने स्थान, भवन, प्रदेश प्रमुख मनोयन र कर्मचारी व्यवस्थापन गर्ने तयारी गरेको बताउनुभयो  । 

संविधानमा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको २० दिनभित्र प्रदेशसभा बैठक बोलाउनुपर्ने बाध्यताम्मक व्यवस्था छ । 

संविधानअनुसार प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठकको आह्वान गर्नुपर्छ । सरकारले प्रदेशसभाको पहिलो बैठक बोलाउने स्थल तोक्ने र प्रदेश प्रमुख मनोनयन सँगसँगै गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।