आजदेखि विहीबारसम्मका लागि नेपाल भारत सिमानाका बन्द ,आवतजावत गर्न नपाईने

   
115   पटक पढिएको

विरगंज।१९ मंसिर
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागी आज मध्यरातबाट भारतसंग सीमा जोडिएका पर्साका सीमा नाकाहरु बन्द हुने भएको छ । 

आज सम्पन्न सुरक्षा समितीको वैठकले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै  सीमा जोडिएका जिल्लामा सवै सिमानाका मध्यरातीबाट ७२ घण्टाका लागी बन्द गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिहले बताउभयो । 

खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिने  सिहले बताउनुभयो । स्थानीय प्रशासनले पर्सा जिल्लासंग भारतको सिमा जोडिएको १०७ किलोमिटर क्षेत्रमा सिमा बन्द गरिने उहाले बताउनुभयो । 

यस्तै चुनावको दिन २१ गते मतदान सम्पन्न नभएसम्मको लागि बिहीवार जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका सवारी साधन बाहेक सम्पूर्ण सवारी साधनको संचालनमा पूर्ण प्रतिबन्ध लगाईएको उहाले बताउनुभयो । 
पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले भारतीय सुरक्षा अधिकारीसंग सहकार्य गरेर सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो । यस बारेमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीलाई आवश्यक निर्देशन दिईसकिएको उहाले बताउनुभयो । 

नाकामा भारतीय सवारी साधन भित्रन नदिने छिमेकी राष्ट्र भारतका सुरक्षाधिकारीसंगको छलफल सहमति गरिएको उहाले बताउनुभयो । जिल्लामा शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गराउन जिल्ला भरीमा म्यादी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका गरी करिब ६ हजार हजार भन्दा बढी सुरक्षाकर्मी खटाईएका छन् । 

सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै  त्यसै अनुरुप सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।