पर्सामा निर्वाचनको सबै तयारी पूरा

   
28   पटक पढिएको

वीरगञ्ज, १८ मंसिर । मंसिर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पर्सा जिल्लामा पूरा भएको निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । 

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा ३५१ मतदान केन्द्र र १६७ मतदानस्थल रहेको छ भने आउँदो २१ गते हुने निर्वाचनलाई आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी आ–आफ्नो मतदान केन्द्र तथा मतदानस्थलतर्फ जाने क्रम जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताउनुभयो । 

मतदान केन्द्रमा तीन हजार ५०० कर्मचारी खटाएको प्राप्त समाचारमा जनाइएको छ । सो निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले राससलाई बताउनुभयो । 

एक लाख २४ हजार ४०९ महिला तथा १६ जना तेस्रो लिंगीसहित पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । 

प्राप्त तथ्यांकअनुसार पर्सा क्षेत्र नं १ प्रतिनिधिसभाको लागि ६७ हजार ४०५ मतदाता रहेका छन् भने सोही क्षेत्रको प्रदेशसभाअन्तर्गत क मा ३२ हजार ५५९, ख मा ३४ हजार ८४६ मतदाता रहेका छन् । 

यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभामा ७३ हजार १२ मतदाता छन् भने प्रदेशसभाअन्तर्गत ‘क’ मा ३५ हजार ६४४ र ‘ख’ मा ३७ हजार ३६८ मतदाता रहेका छन् । 

यस्तै पर्सा क्षेत्र नं ३ मा प्रतिनिधिसभाअन्तर्गत ७४ हजार १६६ मतदाता रहेको छ भने प्रदेशसभाको ‘क’ मा ३६ हजार ७८१ र ‘ख’ मा ३७ हजार ३८८ मतदाता रहेका छन् । 

त्यस्तै क्षेत्र नं ४ को प्रतिनिधिसभामा ७४ हजार ४७१ मतदाता छन् भने प्रदेशसभाअन्तर्गत ‘क’ मा ३५ हजार ९७३ र ‘ख’ मा ३८ हजार ४९८ मतदाता रहेका छन् । 

पर्सा जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभाको लागि १७६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ६४ जना र आठ प्रदेशसभाको लागि १४४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । 

प्राप्त तथ्यांकअनुसार पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको लागि २२ जना, प्रदेशसभाको लागि २४ जना, क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि १४ जना र प्रदेशसभाको लागि ३४ जना, क्षेत्र नं ३ मा प्रतिनिधिसभाको लागि १४ जना र प्रदेशसभाको लागि ४३ जना तथा क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १३ जना र प्रदेशसभाको लागि ४० जना उम्मेदवार मनोनयन दर्ता गराएको छ । 

कुल मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ७८ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । जसमध्ये दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । 

आज मध्यरातदेखि मौन समय शुरु हुने भएपछि आआफ्नो उम्मेदवारी दिएका राजनीतिक दलका नेताहरु अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियानलाई मूर्तरुप दिएका छन् । 

प्रचारप्रसारको क्रममा उम्मेदवार मधेशीको हकअधिकार सुनिश्चित गराउने, बेरोजगारी हटाउने, स्थायी शान्ति स्थापना गर्ने, देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै यस्ता काम पूरा गर्न पर्सावासीसमक्ष आइपुगेको उल्लेख गरेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।