पर्साको अधिकांश क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा

पर्साको अधिकांश क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा

   
60   पटक पढिएको

राम मण्डल बीरगञ्ज मंसिर १७ 

मंसिर २१ गते हुन गईरहेको प्रतिनिधी र प्रदेश सभा निर्बाचनकोे मिति नजिकिएसँगै पर्सामा चुनावी प्रचार प्रसार बढदै गएको छ ।पर्साका आम मतदाताह?ले कसले यो चुनावमा जित्छ र कुन उम्मेदवारले हार खेप्छ भनेर हिसाब किताब पनि गर्न थालेका छन ।

आउदो मंसिर २१ गते हुने सिर्बाचनमा जिल्लामा हेभीवेट उम्मेदवार र दलका केन्द्रिय तहका नेताह?को भिडन्त हुने भएकोले यहाको चुनावी नतिजा रोचक बन्ने अनुमान गर्न सकिन्छ ।चुनावी प्रतिस्पर्धा रोचक हुने भएपछि यहाका मतदाता पनि गाउँ देखि शहरका बिभिन्न चोक चोकमा चुनावी नतिजाका बारेमा हिसाब किताब गर्ने गरेका छन ।जिल्लाको क्षेत्र नम्बर १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

 

यो क्षेत्रबाट बाम गठबन्धनबाट उम्मेदवार बनेका निबर्तमान सांसद एवम एमाले नेता बिचारी यादव नतिजा दोहा«ेरयाउने प्रयासमाा हुनुहन्छ ।उनी गत २०७० सालको संबिधान सभाको चुनावमा क्षेत्र नम्बर २ बाट बिजयी भएका थिए ।त्यो बेला पर्सामा पाँच निर्बाचन क्षेत्र थिए भने अहिले चार वटा मात्र छन ।

उनलाई कडा टक्कर भने फोरम राजपा गठबन्धनका उम्मेदवार एवम फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव पनि जोड तोडका साथ प्रचार प्रसार गर्दै जित आफनो पक्षमा पार्ने कसरत गर्दै हुनुहुन्छ ।यी दुबै जनालाई भने कांग्रेसका तर्फबाट उम्मेदवार बनेका निबर्तमान सांसद एवम उधोगी अनिल रुंगटा पनि आफु जित्ने प्रयासमा कुनै कसर बाँकी नराखेको सहजै अनुमान लगाउन सकिन्छ ।

यसरी हेर्दा क्षेत्र नम्बर १ मा त्रिपक्षिय प्रतिस्पर्धा हुने लगभग पक्का पक्की ने भएको छ ।यो क्षेत्रमा कुल ६७ हजार ५ सय ४ मतदाताहरुले मतदान गर्न पाउनेछन ।त्यस्तै क्षेत्त नम्बर २ मा कांग्रेसका उम्मेदवार अनि केन्द्रिय सदस्य अजय चौरसिया र फोरम राजपा गठबन्धनका उम्मेदवार र बीरगञ्ज महानगरको चार पटक मेयर भईसकेका बिमल श्रीवास्तव र बाम गठबन्धनका एवम माओबादी केन्द्रका उम्मेदवार सलिम मन्सुरबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

 

बिमल श्रीवास्तव यसअघिको स्थानीय तहको चुनावमा फोरम लोकतान्त्रिकका तर्फबाट मेयरमा उठेका उनी पराजित भएका थिए ।पटक पटक पार्टी परिबर्तन गर्दै श्रीवास्तव या् निर्बाचनमा फोरमबाट चुनाव लडि रहनु भएको छ ।यो क्षेत्रमा नम्बर २ मा ७३ हजार १२ जना मतदाताहरु रहेका छन ।यसतै जिल्लाको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका उम्मेदवार एम निबर्तमान सांसद राजकुमार गुप्ता कांग्रेसका निर्तमान सांसद सुरेन्द्र चौधरी,फोरम राजपा गठबन्धनबाट बिनर्माण ब्यावसायी हरिनारयण रौनियारबीच प्रमुख लडाई हुने देखिन्छ भने यी तीने जनालाई नेपाल संघीय समाजबादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले पनि राम्रै टक्कर दिने बिशलेषकहरु बताउँछन ।

स्थानीय तहको चुनावमा यस क्षेत्रमा पर्ने पोखरिया नगरपालिकाको मेयरमा नेपाल संघीय समाजबादी पार्टीले जित हात पारेकाले यादवको पक्कड पनि राम्रै मान्न सकिन्छ ।यो क्षेत्रबाट गत २०७० को संबिधान सभा निर्बाचनमा एमालेका राजकुमार गुप्ता बिजयी हुनु भएको थियो ।यो क्षेत्रमा कुल ७४ हजार १६६ जना मतदाताहरु छन ।

 

यसैगरि क्षेत्र नम्बर ४ मा बाम गठबन्धनकी उम्मेदवार एवम माओबादी नेतृ उर्मिला अर्याल,कांग्रेसका रमेश रिजाल,र फोरम रमजपा गठबन्धनका राजपा सहअध्यक्ष लक्षमण लाल कर्णबीच कडा टक्कर हुने निशचित छ।यो क्षेत्रमा पर्ने ठोरी गाउपालिका कालिकामाई गाउपालिका जगरनाथपुर गाउपालिका लगायतका ठाउँमा माओबादीले स्थानीय तहको निर्बाचनमा राम्रो मत ल्याएकोले बाम गठबन्धन यो क्षेत्रमा तुल्नात्मक ?पमा बलियो देखिएको छ ।यो क्षेत्रमा७४ हजार ४७१ जना मतदाता छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।