प्रहरीको बेवास्ताका कारण बेपत्ता बालकको हत्या, ४ दिनपछि शव फेला

   
116   पटक पढिएको

मंसिर १७ बीरगञ्ज 
निर्बाचनको मुखमै पर्सामा एक बालकको गएराति बिभत्स हत्या भएको छ।

विगत चार दिनदेखि वेपत्ता एक १० वर्षीय बालकको हत्या भएको हाे । बहुदरमाई नगरपालिका वडा नम्बर दुईका सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमारको हत्या भएको हो ।

पर्सा प्रहरीले सुमितको शव गएराति पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पारेको हो ।

हत्या गरी शव कहीँ लुकाएर राखिएको र शनिवार साँझ पोखरीको डिलमा फालिएको स्थानीय सुनिल कुशवाहाले बताए ।

बालकको परिवारले वेपत्ता भएकै दिन मंसिर १३ गते बुधवार ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारजनको आरोप छ ।

सुमित सन्जयका एक्ला छोरा हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको जानकारी दिए । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।