‘बोतलसंग ब्यालेट साटिदै ’ भोट कहाँ दिने ठेगान छैन

   
116   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,१७ मंसिर 

आगामी मंसिर २१ गते आउन अब ४ दिन मात्र बाँकी रहँदा दलहरुले मतदाता रिझाउन भोज भतेर संगसंगै मासु र रक्सी फालाफाल गरेका छन ।

निर्वाचनको लागि आफनो पक्षमा जड्याहा मतदाता तान्न नेताहरु गाउका पार्टीका अगुवा मार्फत रक्सी, मासु खुवाई आफनो पक्षमा भोट दिन प्रतिवद्धता गर्न लगाईरहेका छन ।

गाउमा रहेका जड्याहा मतदाताको जमातले सबै पार्टीका नेतालाई झुक्याउदै  साँझमा मासु र रक्सीको व्यवस्था गरिदिनुस तपाईलाई नै हामी भोट दिन्छौँ भनेर रकम लिने गरेको गाउमा देखिन सकिन्छ । 

उम्मेदवारहरुले पनि आफनो पक्षमा मत तान्न जस्तो सुकै कार्यलाई स्विकार गर्दै त्यस्ता जड्याहा जमातलाई प्रभावित पार्न उम्मेदवारले प्राेत्साहन गरिरहेको गाउका वुद्धिजिवीहरुले टिप्पणी गर्ने गरेका छन । 

गाउँ तथा शहरमा रहेका जड्याहा मतदाताहरुले जमात खडा गरि कुनै पार्टी तथा स्वतन्त्र उम्मेदवारसंग आफुसंग  ४ देखि ५ सय भोट भएको बताउदै १०० रुपैया देखि २ सय सम्ममा समेत डिल गरि रकम तानिरहेका छन । भोट कसलाई दिने भन्ने कुनै ठेगान नभएको बताईन्छ । 

जब की उनीहरुसंग आफनो घरको भोट पनि उनीहरुको हातमा नभएको गाउँका बुद्धिजिवीहरुको तर्क छ । भोज भतेर मासु र दारुमा उम्मेदवारहरुको दिनहु लाखौ रकम खर्च भईरहेको बुझिएको छ ।  

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।