पार्टीलाइ मत माग्दै अयुब

   
180   पटक पढिएको

वीरगंज, १७ मंसिर । वीरगंज १६ नगवाका अयुब मियाँ विहान उठेदेखि राती सुत्ने समय नभए सम्म मतदाताको घरघरमा पुगेर भोट माग्नै व्यस्त हुन्छन् ।

मियाँ न त प्रत्यक्ष तर्फका उम्मेद्वार हुन न त समानुपातिक तर्फकै उम्मेद्वार । तर पनि उनी मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त हुन्छन् । नगवामा सक्रिय र लामो समय देखि सामाजिक सेवामा कृयासिल मियाँ राष्ट्रिय जनता पार्टीका लागि भोट माग्न ब्यस्त बनेका हुन् । 

पार्टीको निर्देशन अनुसार नै अहिले आफु भोट माग्न दिनरात नभनि खटिएको उनले बताए । विधायकको दावेदार रहेका मियाँ राजपा र संघिय समाजवादी फोरमले चुनावी गठबन्धन गरेपछि उम्मेद्वार चयन हुन बाट पाखा लागेका थिए ।

गठबन्धन गरेर चुनावी अभियानमा जुट्नु मधेस र मधेसीका लागि राम्रै रहेकाले आफु उम्मेद्वार नभएपनि अहिले पार्टीकै निर्देशन बमोजिम मतदाताको घरघरमा पुगेर मत माग्ने काम गरिरहेको उनले बताए । 

मधेस आन्दोलनको समयमा नगवाबाट मोर्चा सम्हाल्ने अयुब अहिले चुनावी अभियानको मोर्चा सम्हालेका छन् । मधेस र मधेसीको अधिकारका लागि समानुपातिकमा राजपालाई मतदान गर्न आग्रह गर्दै उनि घर घर पुग्ने गरेका छन् । यस्तै पार्टीको निर्देशन अनुसार गठबन्धनलाई मत दिन पनि उनले मतदातालाई आग्रह गर्दै आएका छन् ।  

पार्टीको जित आफुहरुको पनि जित रहेकाले आफ्नै खर्चमा टोल–टोलमा प्रचार प्रसार सामाग्री पनि पुर्याइरहेको उनि बताउँछन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।