यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

   
28   पटक पढिएको

काठमाडाैँ, १७ मंसिर । साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

गठबन्धनको एउटा वक्तव्यमा भनिएको छ, "नेतृत्व लिने र आफ्ना जनताको पक्षमा उभिने निर्णयले यमनलाई इरानप्रति बफादार लडाकुहरुबाट मुक्त गराउनेछ ।"

गठबन्धनले नाकाबन्दी हटाएमा र आक्रमणहरु रोकेमा 'पानाहरु पल्टाउन' आफू तयार रहेको सालेहले बताएका छन् ।
तर यसै हप्ता सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि 'कू' अर्थात् सत्तालपटको आरोप लगाएको थियो । राजधानी सानामा सालेहको फौज र हुथी लडाकुहरुले लडाइँ जारी राखेका छन् ।

पछिल्ला दिनहरुमा दुई पक्षबीचको लडाइँका कारण कैयौँ मानिसले ज्यान गुमाएको सहायता समूहहरुले बताएका छन् ।हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्दराबुह मंसुर हादीको सरकारविरुद्ध उक्त समूह सालेहको साझेदार रहिआएको छ ।

टेलिभिजनमा प्रसारण गरिएको एउटा भाषणमा सालेहले भनेका छन्, "छिमेकी राज्यमा रहेका दाजुभाइलाई म घेराबन्दी हटाउन, विमानस्थलहरु खुलाउन र खाद्य सहायता पुग्न दिन तथा घाइतेहरुलाई बचाउन दिन आग्रह गर्दछु, छिमेकीहरुको सहयोगमा हामीले नयाँ पाना पल्टाउनेछौँ ।"

उनले थपे, "म उनीहरुसँग सकारात्मक रुपमा प्रस्तुत हुनेछु र यमनमा जे भएको छ, अति भइसक्यो ।" हादीले पनि वक्तव्यको स्वागत गर्दै हुथीविरुद्ध सालेहसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

केही रिपोर्टहरुका अनुसार सालेहका लडाकुहरुले हुथी विद्रोहीका एउटा महत्त्वपूर्ण कमाण्ड पोष्ट नियन्त्रणमा लिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार साउदी नेतृत्वको गठबन्धनले यमनको द्वन्द्वमा हस्तक्षेप गरेयता ८ हजार ६ सय ७० जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ९ सय ६० जना घाइते भएका छन् । बीबीसी

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।