उम्मेदवारहरु पुरानै एजेण्डा लिएर घरदैलोमा, मतदाता भन्छन : विश्वास छैन

   
54   पटक पढिएको

विन्दुभुषण साह
वीरगंंज, १७ मंसिर 
पर्साका राजनिति दलका उम्मेदवारहरुले पुरानै एजेन्डा लिएर गाउ–गाउमा भोट माग्न थालेपछि मतदाताहरु विश्वास गर्न छाडेका छन । 

जिल्लामा मुख्य प्रतिस्पर्धामा रहेका बाम गठबन्धन, कांग्रेस र मधेशी गठबन्धनका उम्मेदवारहरु मात्र एक अर्कालाई दोष थुपार्दै आफुले जितेर गए विकास गर्ने बताएपनि मतदाताहरु विश्वस्त देखिएका छैनन ।

वीरगंज भन्सारको आम्दानीबाट देश विकास भईरहेको भएपनि पर्सामा अहिलेसम्म कुनै विकास नभएपछि यसपाली पनि जितेर गएपछि नेताहरु विकास गर्छन भन्ने विश्वास नभएको पर्सा विन्दवासिनीका मुकलेस गदीले बताउनुभयो ।बाम–गठबन्धनका उम्मेदवार भोट माग्न आउदा स्थायी सरकारको लागि बाम गठबन्धनलाई जिताउनुपर्ने तर्क गर्दैछ ।

कांग्रेसले लोकतन्त्र बचाउन कांग्रेसलाई जिताउन भन्दैछ भने मधेशी गठबन्धनले मधेशीको हक अधिकारको लागि मधेशी दललाई जिताउनुपर्ने भन्दै भोट माग्दैछन गदीले भने तर मुख्य तिन पार्टीको घोषणा पत्रमा नै विरगंज विश्वविद्यालय,विरगंज पोखरिया सडकखण्ड बनाउने,चिनीमिल संचालन गर्ने जस्ता जनताको प्रत्यक्ष विकासको कुरा मुख्य एजेण्डाको रुपमा नरहेको वहाले बताउनुभयो ।

उम्मेदवारहरु गाउघरमा आउदा विकास भन्दा पनि आ–आफनो पार्टीको धारणा राखिरहेकाले आफुहरुले पार्टीको एजेन्डाभन्दा पनि विकास चाहेको मतदाताहरुको भनाई छ ।नेताहरु प्रत्येक दिन गाउघरमा भोट माग्न आउदा रोड बनाईदिने ,रोजगारी दिने झुठो आश्वासन दिएपनि जनताहरु विश्वास गर्न सकेका छैनन । 

मुख्य पार्टी नेपाली कांग्रेस,बाम गठबन्धनले पुरानै जितेका अनुहारलाई उम्मेदवार बनाएपछि पहिले गरेको कामको हिसाब किताब मागिरहेका छन भने पहिले धेरै पटक जितेका नेताले केहि विकास नगरि फेरी भोट माग्न आएपछि आफुहरु विकासप्रेमी नेताको खोजीमा रहेको सबैठवाका स्थानिय बासिन्दा प्रदिप चौरसियाले बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।