पर्सा क्षेत्र नम्वर १ काे चुनावी अांकलन, यसकारण जित नजिक छन् रूंगटा

   
325   पटक पढिएको

वीरगंज, १७ मंसिर । वीरगंज महानगरपालिकाको १९ वटा वडालाई पर्सा क्षेत्र नम्वर १ को रुपमा राखिएको छ । महानगरमा जम्मा ३२ वटा वडाहरु छन् । अन्य बाँकी वडालाई २ नम्वर क्षेत्रमा गाभिएको छ । दोश्रो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन पनि अब ४ दिन मात्रै बाँकी छ ।

मंसिर २१ गते हुने निर्वाचनमा विभिन्न पार्टीबाट उठेका उम्मेद्वार मध्ये कसलाई मत हाल्ने भन्नेमा मतदाता विभाजित छन् । सबैदलले चुनावी प्रचार प्रसारलाई अहिले तिव्र पारेका छन् । आफु तर्फ तान्न सबै दलका उम्मेद्वारले आ–आफ्नै तरिका अपनाएका छन् ।

क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट युवा नेता एवं उद्योगी अनिल रुंगटालाई उम्मेद्वार बनाएको छ । कम्युनिष्ट गठबन्धनले भने २०७० सालको संविधानसभा निर्वाचनमा पर्साकै क्षेत्र नम्वर २ बाट विजयी भएका निवर्तमान सांसद विचारी यादवलाई उम्मेद्वार बनाएको छ भने संघिय समाजवादी फोरमले सोहि समयमा यादवसंगै पराजित भएका प्रदिप यादवलाई उम्मेद्वार बनाएको छ ।

विजयी भएर पनि आफ्नो क्षेत्रका लागि कुनै पत्यारिलो काम गर्न नसकेका विचारी यादव कमजोर प्रतिष्पर्धी देखिएका छन् । यस्तै २०७२ मा मधेस र मधेसीको अधिकारका लागि भन्दै भएको लामो मधेस आन्दोलनको समयमा आन्दोलनलाई विचमै छोडेर आर्थिक उपार्जनमा लागेका फोरमका प्रदिप यादव पनि मतदाताको तृष्णामा परेका छन् ।

२०४३ सालदेखि नै निरन्तर विद्यार्थी राजनीति हुँदै यहाँ सम्म आइपुगेका रुंगटा अहिले क्षेत्र नम्वर १ का लागि स्वच्छ छवी भएका एक मात्र उम्मेद्वार हुन् । उनको स्वच्छ छवीकै कारण आसन्न निर्वाचनमा उनले ठुलो मत ल्याएर चुनाव जित्नेमा यहाँका मतदाता पनि ढुक्क छन् । रुंगटा स्वंय पनि कति मतान्तरले जित्ने भन्नेमा नै आफ्नो कसरत भइरहेको बताउँछन् । मतदाताले मलाई जिताइसकेका छन् अब कति मतान्तरले जित्ने भन्नेमै मेरो दौडधुप हो उनि भन्छन् ।

वीरगंजको महानगरपालिकाको वडा नम्वर २, ४, ५, ७, ८, ११, १२, १३, १४, १५, १६, १८, २०, २१, २२, २३, ३०, ३१, ३२ गरि १९ वटा वडाहरु छन् । यी वडाका अधिकांस पहाडी समुदायको भोट यीनै स्वच्छ छवीका उम्मेद्वार रुंगटालाई जाने निश्चित छ । यहाँ झण्डै १५ हजार भन्दा बढी पहाडी समुदाय मतदाता रहेका छन् । कम्युनिष्ट गठबन्धनमा केहि मत गए पनि अन्य मत भने रुंगटालाई आउनेमा दुई मत छैन ।

यस्तै मारवाडी समुदायको अधिकांस भोट पनि उनै रुंगटाकै पोल्टामा पर्ने छ । यहाँ रहेका मुस्लिम समुदाय, उत्पिडित र पछि पारिएका समुदायको भोट समेत रुंगटाको पक्षमा आउने छ । कृयाशिल र निष्ठावान रूंगटालाइ यादव, कलवार, सर्राफ लगायत ब्राह्मण समुदायले समेत उत्तिकै सम्मानका साथ मत दिने पक्का छ । नेपाली कांग्रेसको बलियो क्षेत्रको रुपमा रहेको यहाँ पार्टीगत रुपमा आउने भोट त छदैछ ।

यसरी निष्ठा र ईमान्दारीताका साथ राजनीतिमा लामो समयदेखि लागेका रुंगटालाई यहाँका मतदाताले आफ्नो अमुल्य मत दिएर प्रतिनिधिका रुपमा केन्द्रमा चुन्दैछन् । लोकतन्त्र र स्वतन्त्रताको रक्षार्थ पनि रुंगटाले जित्नुको विकल्प यहाँका मतदाताले देखेका छैनन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।