पोखरियामा राखिएको स्वास्थ्य शिविर सरकार पक्षधरको ईसारामा विफल गराइएको नगर उप–प्रमुख सल्माको आरोप /सामाजिक कार्य विफल पार्नेलाई जनताले बहिस्कार गर्ने उनको चेतावनी

   
207   पटक पढिएको

विरगंज,१६ मंसिर 

पोखरिया नगरपालिकाकी उप–प्रमुख सल्मा खातुनले नगरपालिकाभित्र सामाजिक संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा प्रहरीले हस्तक्षेप गरि विफल पारेकोमा निन्दा गरेकी छिन ।

आज सामाजिक संघ सस्थाले नगरभित्रका गरिब,असहाय,दलितको लागि आयोजना गरेको स्वास्थ्य शिविर संचालनको लागि लगाईएको टेन्ट समेत हटाई विफल बनाएकोमा गरिब,असहाय जनताको भावनासंग खेलवाड गरेकोमा दुख व्यक्त गर्दै प्रहरी प्रसाशनको उक्त कार्यको घोर निन्दा गर्दै सरकार पक्षधरद्वारा गराईएको भन्दै विरोध गरेकी छिन  । 

उप–प्रमुख खातुनले कुनै पार्टीद्वारा नभई स्वतन्त्र सामाजिक संस्थाले आयोजना गरेको स्वास्थ्य परिक्षण जस्तो सामाजिक कार्य अवरोध गर्नु मधेशी जनता माथि नै प्रहार भएको भन्दै दुःख ब्यक्त गर्नुभयो । 

स्वास्थ्य शिविरको आयोजना गर्नु निर्वाचन आचारसहिता विपरित भएको भन्दै उक्त शिविर संचालनमा रोक लगाउनु गैर जिम्मेवारी भएको आरोप लगाउनुभयो । 
कुनै पार्टीद्वारा नभई सामाजिक संघ–संस्थाले गरेको कार्यक्रम निर्वाचन आचार सहिता विपरित नभई मधेशी जनता माथि प्रसाशनको दमन भएको आरोप लगाउनुभयो । 

वहाले नेपाली कांग्रेस र बाम गठबन्धनका नेताहरुले आचार सहिता विपरित मतदातालाई प्रभावित गर्ने सोचले सोलार लगायतका सामाग्री वितरण गर्दा निर्वाचन आयोग र प्रसाशनले सरक्षण दिएको भन्दै सामाजिक संस्थाले गरेको काममा निर्वाचन आचार सहिताको नाममा अवरोध गरेर विफल पार्नु प्रसाशनको संकिर्ण सोच र सरकार पक्षको प्रभावमा उक्त कार्य गरेको टिप्पणी गर्नुभयो । 

अब यस्ता गतिविधि गर्ने प्रशासन र गराउने ब्यक्तिलाई नगरका जनताले बहिस्कार गर्ने चेतावनी दिनुभयो ।  

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।