वीरगंजको नारायणी रंगशालामा आजदेखी बैंकर्स फुटबल प्रतीयोगिता सुरु

   
18   पटक पढिएको

 विरगंज,१६ मंसिर / अञ्जली चौहान

वीरगंजको नारायणी रंगशालामा शनिबारदेखी बैंकर्स फुटबल प्रतीयोगिता सुरु भएको छ ।

वीरगंज युथ एकाडेमीले आयोजना गरेको बंैकर्स फुटबल प्रतीयोगीताको पहिलो खेलमा सनराईज बैंक विजयी भएको छ । सनराईज बैंक र ग्लोबल बैंक वीचको प्रतीस्पर्धामा सनराईज बैंक २–१ गोल अन्तरले विजयी भएको छ । 

त्यसैगरी एनआईसी एसिया बंैक र माछापुच्छरे बंैक विच भएको दोश्रो खेलमा एनआईसी एसिया ६–१ गोल अन्तरले विजयी भएको हो । त्यस्तै आजै भएको एभरेस्ट र लक्ष्मी बंैक विचको प्रतिस्पर्धामा एभरेष्ट बंैक ३–१ गोल अन्तरले विजयी भएको छ ।
त्यस्तै जनता र नविल बैंक विच हुने भनिएको खेलमा नविल बैंक अनुपस्थित रहेको कारण जनता बैंकलाई विजयी घोषणा गरीएको आयोजकले जनाएको छ । आजको पहिलो खेलको म्यान अफ द म्याच सनराईज बैंकका देवी बहादुर खनाल , दोश्रो खेलको म्यान अफ द म्याच अनुप भद्रा र तेश्रो खेलको म्यान अफ द म्याच राजेश श्रेष्ठ घोषित हुनुभएको छ । 

बैंकर्स फुटबल प्रतीयोगीताका संयोजक हेमन्त चौरसियाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फुटबल खेलाडी ऋतु शाक्य , समाजसेवी उषा विक्रम साह , वरिष्ठ फुटबल प्रशिक्षक हरी बहादुर श्रेष्ठ , खेलाडी ललित थापा , पुर्व राष्ट्रिय खेलाडी मेघराज श्रोष्ठ , पर्सा जिल्ला फुटबल संघका पुर्व उपाध्यक्ष रमेश श्रेष्ठ ,पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष चक्रधारी चौधरी , राष्ट्रिय खेलाडी निरन्जन पटेल , कृष्ण शाक्य , पर्सा फुटबल एथ्लेटीक्स संघका अध्यक्ष शैलेन्द्र श्रेष्ठ , एथ्लेटीक्स प्रशिक्षक विशेश्वर पटेल लगायतको उपस्थिती रहेको थियो । 

फुटबलको उदघाटन सामाजसेवी पशुपति विक्रम शाहले गर्नुभएको थियो भने उद्घाटन समारोह कार्यक्रमको संचालन पत्रकार माधुरी महतोले गर्नुभएको थियो । प्रतियोगिताको फाईनल खेल मंसिर २३ गते हुने छ ।  

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।