नेपालमा गरियाे यौनबारे अनुसन्धान, यस्ताे अायाे रिपाेर्ट

   
25   पटक पढिएको

काठमाडाैँ, १६ मंसिर । नेपालमा यौन व्यवशायलाई कानुनी मान्यता दिईएको छैन तर पनि लुकिछीपी यौन व्यवशाय सञ्चालन भईरहेका छन । हालै नेपालमै गरिएको एक अध्ययनले नेपालमा यौन व्यवशाय फस्टाउने देखाएको छ । पुरुष धेरै र महिला कम हुदै जाँदा पुरुषले विहे गर्न सम्म केटी नपाउने अबस्था आउन सक्छ । रहरले नभई यौनसम्पर्क कै लागी पुरुषहरु यौन बजार पुग्ने बाध्यतात्मक स्थिती श्रृजना हुने विश्लेषण अध्ययनको रिपोर्टमा प्रस्तुत गरिएको छ ।

अध्ययनले भनेको छ, यौन चाहना र आवश्यकता पूरा गर्न यौन बजार फस्टाउन सक्छ । नोपलमा यौनकर्मीलाई कानुनी मान्यता नदिएको अवस्थामा चेलीबेटी बेचविखन र ओसारपसार र प्रहरीले यौनकर्मीमाथि गर्ने दुव्र्यवहारमा वृद्धि हुनसक्ने छ । केटीको कमीको कारणले केटा अविवाहित रहन बाध्य हुनुको कारणले केटामा समलिंगी सम्बन्ध बढ्न सक्छ र यस्तो सम्बन्धलाई स्वीकार गर्ने व्यवहार बढ्न सकेको खण्डमा सकारात्मक परिणाम ल्याउने छ भने नेपालजस्तो अस्वीकार गर्ने परिवार समाजमा समलिंगीविरुद्ध विभेद र हिंसा बढ्न सक्छ । परिवारिक सम्बन्धमा समस्या सिर्जना हुन सक्छ ।

त्यस्तै पुरुषको संख्यामा बढी भएर अविवाहित रहने स्थितिमा उनीहरुको बालबच्चा नहुने भएकोले स्वतः जनसंख्यामा कमी आउने छ । जनसंख्या घटाउन प्रयास गरिहरेको नेपालजस्तो मुलुकका लागि यो सकारात्मक कुरा हुनेछ ।

नागरिक–परिवारले गरेको एक अध्ययनबाट प्राप्त नतिजा यस्तो छ ।

१. केही अपवादबाहेक, ४९ नगरपालिकामध्ये अधिकांशको जनसंख्यामा केटाको अनुपात केटीको भन्दा निकै बढी छ ।
२. ४९ नगरपालिकामा ० देखि ४ वर्षको बालबालिकाको तथ्यांकको उल्लेखनीय तथ्य यस्तो छः

  • चामे नपा र पुतलीबजार नपा दुवैमा केटा र केटीको अनुपात ८९.३ र कपिलवस्तु नपामा केटा र केटीको अनुपात ९७.५ अर्थात् केटीको बढी छ ।
  • बाँकी ४७ नपा सबैमा केटाको अनुपात बढी छ । औसत केटा र केटीको अनुपात १११.८ छ । बढीमध्ये तानसेन नपामा केटा र केटीको अनुपात १२४.८ र बढी मध्येको न्यूनमा धनकुटा नपा र विराटनगर नपामा केटा र केटीको अनुपात १०३.७ छ ।

३. ४९ नपामा ५ देखि ९ वर्षको उमेर समूहका बालबालिकाको तथ्यांकको उल्लेखनीय तथ्य यस्तो छः

  • ४९ नपा सबैमा केटाको अनुपात बढी, औसत केटा र केटीको अनुपात १११.५ छ । बढी मध्येमा सबैभन्दा बढी कोहलपुर नपामा केटा र केटीको अनुपात १३०.० र बढीमध्ये सबैभन्दा न्यून लिवाङ नपामा केटा र केटीको अनुपात १००.१ छ ।

४. ४९ नपामा १० देखि १४ वर्षको उमेर समूहको बालबालिकाको तथ्यांकको उल्लेखनीय तथ्य यस्तो छः

  •  रत्ननगर नपा र भद्रपुर नपामा मात्र अपवादस्वरुप केटाको अनुपात कम अर्थात क्रमशः केटा र केटीको अनुपात ८८.१ र भद्रपुर नपामा केटा र केटीको अनुपात९८.६अर्थात केटीको अनुपात बढी र चामेमा केटा र केटीको अनुपात बराबर १००.० छ ।
  • बाँकी ४५ नपा सबैमा केटाको अनुपात बढी छ । औसत केटा र केटीको अनुपात १०८।३ छ । बढीमध्ये राजविराज नपामा केटा र केटीको अनुपात १२५।९ र बढी मध्येको न्यूनमा अनारमनी नपामा केटा र केटीको अनुपात १००।७ छ ।

केटाको अनुपात केटीको भन्दा बढी भएको अवस्थामा अहिले र पछि पर्न सक्ने केही असरहरु यस प्रकार देखिन्छः

  • केटाको जनसंख्या लिंग परीक्षण गरी छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गरेको कारणले हो भने नेपाली समाजमा महिलाविरुद्ध पितृसत्तावादी सोच, नीति र व्यवहारको जरा अझै पनि धेरै गहिरो भएको र महिला विरुद्धको हिंसा र भेदभाव सघन हुनसक्ने संकेत गरेकाले केटा र केटीको अनुपात सामान्य बनाउन राज्य, सरकार, दल, नागरिक समाज, घर, परिवार र व्यक्तिलाई ठूलो चुनौती दिएको छ
  • केटीलाई विवाह गर्न केटाको छनोट गर्ने अवसर दिन्छ । यो सकारात्मक छ ।
  • केटी अनुपात कम भएको अवस्थामा केटाका लागि केटीको सामाजिक मूल्य बढ्न जाने भएकाले केटीको हैसियत र अवस्था अभिवृद्धि हुन सक्छ । यो सकारात्मक कुरा हो ।
  •  धेरै केटाहरु भने अविवाहित रहन बाध्य हुनेछन् । विवाहलाई सामाजिक प्रतिष्ठाको रुपमा बढी मान्यता दिने समाजमा अविवाहित पुरुषको सामाजिक प्रतिष्ठा खस्कन सक्छ । त्यस्ता पुरुषको मनोवैज्ञानिक, पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत सबै पक्षमा नकारात्मक असर झेल्नुपर्ने हुनसक्छ ।
  • नेपालमा गरिबीमा जीवनयापन गर्नेहरु धेरै भएकाले यीमध्ये धेरैले गरिबीको जीवनयापन गर्ने नै छन् र फलस्वरुप यिनीहरुमध्ये कतिपय हिंसा लगायतका आपराधिक र अन्य असामाजिक कार्यमा सक्रिय हुने सम्भावना बढी हुन्छ । केटी वा महिला विरुद्धको हिंसामा पनि वृद्धि हुन सक्छ ।
  •  धेरै पुरुषहरु विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट वञ्चित हुन सक्छ ।
  •  यौन चाहना र आवश्यकता पूरा गर्न यौन बजार फस्टाउन सक्छ । नोपलमा यौनकर्मीलाई कानुनी मान्यता नदिएको अवस्थामा चेलीबेटी बेचविखन र ओसारपसार र प्रहरीले यौनकर्मीमाथि गर्ने दुव्र्यवहारमा वृद्धि हुनसक्ने छ ।
  •  केटीको कमीको कारणले केटा अविवाहित रहन बाध्य हुनुको कारणले केटामा समलिंगी सम्बन्ध बढ्न सक्छ र यस्तो सम्बन्धलाई स्वीकार गर्ने व्यवहार बढ्न सकेको खण्डमा सकारात्मक परिणाम ल्याउने छ भने नेपालजस्तो अस्वीकार गर्ने परिवार समाजमा समलिंगीविरुद्ध विभेद र हिंसा बढ्न सक्छ । परिवारिक सम्बन्धमा समस्या सिर्जना हुन सक्छ ।
  •  पुरुषको संख्यामा बढी भएर अविवाहित रहने स्थितिमा उनीहरुको बालबच्चा नहुने भएकोले स्वतः जनसंख्यामा कमी आउने छ । जनसंख्या घटाउन प्रयास गरिहरेको नेपालजस्तो मुलुकका लागि यो सकारात्मक कुरा हुनेछ ।
  •  ० देखि १४ वर्षका केटाको संख्या बढी हुनुको कारण गर्भको बेलामा गरिने लिंग परीक्षणको कारणले हो भने केटीलाई जन्माउन चाहेर जन्माएको अवस्थामा केटीविरुद्ध हुने भेदभावमा कमी आउन सक्छ ।
  •  पैतृक सम्पत्ति छोराहरुले बढी उपभोग गर्ने, पाउने र छोरीले कम उपभोग गर्ने, पाउने हुनसक्छ ।
  •  नेपालको तराईका साथै पहाडमा जहाँ जहाँ दहेज वा दाइजो प्रथा विकृत अवस्थामा छ त्यहाँ केटीको सामाजिक भाउ बढेको अवस्थामा दाइजो र दहेजमा न्यूनीकरण हुनसक्ने देखिन्छ ।
  •  हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाप्रति विरोधीहरुको धारणा सकारात्मक हुँदै जान सक्नेछ ।
  •  मातृभाषा, भेषभूषा लगायतका कैयन सांस्कृतिक धरोहर महिलाले जोगाउने गरेको सन्दर्भमा छोरी नभएको परिवारमा सो कुरा हराउन सक्छ र समग्रमा भाषा र संस्कृति संरक्षण र सम्बद्र्धन कार्यमा नकारात्मक असर पार्ने छ ।
  •  वृद्ध बाबुआमालाई छोराले भन्दा छोरीले बढी हेर्ने, छाेराले बढी हेलाँहोचो गर्ने जात समुदायमा वृद्धवृद्धा बाबुआमाको हेरचाहमा कमी र वृद्धाश्रममा जान बाध्य हुनेको संख्याा वृद्धि हुन सक्छ ।
  •  नेपालमा बेरोजगारीले व्याप्त भएकाले वैदेशिक रोजगारीमा धेरै युवा र त्यसमध्ये पनि पुरुषहरु धेरै जाने गरेकाले अहिले केटाको संख्या धेरै भएकाले पछि युवा हुनासाथ धेरै पुरुषहरु वैदेशिक रोजगारीमा जान सक्ने छन् र घरमा वृद्ध बाबुआमाले विभिन्न समस्या झेल्न पर्ने हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।